✍️ यमन सुवेदी
गजल – एक
भँवरा भो छिचिमिरा , राखेकै ठाउँमा ।
फूलमा पो बद्ल्यो हीरा, राखेकै ठाउँमा ।
तिम्लाइ सामु राखी हिउँ बनाउने मन थ्यो
आगो बाल्यौ किन पिरा, राखेकै ठाउँमा ।
सिसा भए तिम्रो पाउमा बिझी सक्थें हुँला
भाुछ मुटु चिरा( चिरा , राखेकै ठाउँमा ।
झुक्याएर पिलाउनु त तिम्रो कमजोरी हो
बिष राख्नु किन मदिरा, राखेकै ठाउँमा ?
गजल – दुई
सुहाउदैन सरम बेच्दै हिडेको ।
जिन्दगी धमाधम बेच्दै हिडेको ।।
हिजो बजारमा तिमी जस्तै लाग्यो
आफ्नै प्रीयतम बेच्दै हिडेको ।
म यो के सुन्दैछु तिम्रो बारेमा
घाउ पार्दै मल्हम बेच्दै हिडेको ।
मैले यही भिडमा यौटा लेखक भेटें
गजल लेख्दै कलम बेच्दै हिडेको ।।
प्रतिक्रिया
-
४
