✍️ एमपी पाण्डे

सुस्त सुस्त
सेलाउदै जाने छ
यादहरूको तापमान
प्रेमको न्यानो घाम
सम्मानको पहाड
देखासेखीको छलाङ्ग
आधुनिकताबादको रोइलो…!

जब
रात छिप्पिदै जानेछ
पसुपती आर्यघाटको थोरै मास्तिर
बृद्धाश्रमको झ्यालबाट
एकैछिनमा आउछु
बस्दै गर्नु भनेर
कहिल्यै नफर्केका
छोराछोरीहरू
हिडेर गएको
बाटो हेर्ने निहुँले…,
जल्दै गरेको चित्तासङ्ग
चिसोमन मिसाउँदै गरेकी आमाको
आँशुले भिजेर
जमेको कोख जस्तै….,
३६४ दिन
अर्थात
अर्को बर्ष सम्मका लागी।

सौजन्य
भोगाइ र अनुभुतीको
निम्छरो कितावबाट
जस्को लेखिका हुनुहुन्थ्यो
‘आमा’
जस्लाइ कहिल्यै चिनेनन पाठकहरूले

पढन पनी छोडेनन
पत्र पत्र नच्यात्तिउन्जेल
जब च्यात्तियो
अनि खोज्न थाले
च्यात्तिएको पाना।
च्यात्तिएको पाना ।।

प्रतिक्रिया

सम्बन्धित खवर