✍️ जानकी मञ्जरी

मुक्तक – एक 

कोमल मन थ्यो पत्थर झैं फोड्यौ कसरी
वर्षौंको आत्मियता, विश्वास तोड्यौ कसरी
‘जुका’ को उपनाम दिए फरक नपर्ला हैन ?
आखिर रगत चुसीअघाएपछी छोड्यौ कसरी

मुक्तक – दुई 

न पाउने चाहा अनि न कमाउने चाहा भयो
दुश्मनि निभाउन त मेरै सखिबाटै थाहा भयो
छाडिदिएँ यार मैले त्यो दुश्मनी कमाउन अब
अनि पो यो जिन्दगी सोचेजस्तै आहा भयो

मुक्तक – तीन

सुन्दर जिन्दगीलाई तिमी श्राप ठान्छौ भने
आफ्नै खुट्टामा आफैँ ‘बन्चरो’ हान्छौ भने
तिमीसँग गर्नै पर्ने कुनै ‘गुनासो छैन प्रिय
आफू गल्ती गरेर दोषी अरुलाई मान्छौ भने

मुक्तक – चार 

मानवमा नै किन यहाँ मानवीयता हिन हुँदैछ
नारी हिँसा बलात्कार झन् दिनानुदिन हुँदैछ
बाटोघाटो चारैतिर जोगिएर हिड्नु अब नारी
आफ्नैहरुको बिचमा पनि बाच्न कठिन हुँदैछ

मुक्तक – पाँच

बिना कारण बजाएको ताली सुहाउन्न रे
भरेकि छु मैले सिउदो खाली सुहाउन्नरे
सारी, चोलो ,चुरा, पोते श्रीङ्गार सबै गरि
लगाइराख्छु ओठमा नत्र लाली सुहाउन्नरे

प्रतिक्रिया

सम्बन्धित खवर