बुखारेष्ट, रोमानिया – रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ ।

सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।”

शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेका पनि प्रहरीले पुष्टि गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर