युएई – दुबै कान नसुन्ने समस्याबाट ग्रस्त युवा कवि, पत्रकार तथा भाषा सम्पादक राजेन्द्र तारकिणीको कानको उपचारका लागि सगरमाथा साहित्य प्रतिष्ठानले “आर्थिक सहयोग संकलन अभियान” सुरु गरेको छ । प्रतिष्ठानले यस अभियानमा आर्थिक सहयोग गरेर साहित्यकार तारकिणीको उपचारमा सहयोग पुर्याउन सबैसँग अपिल समेत गरेको छ ।
प्रतिष्ठानको केन्द्रीय कार्यसमितिको बैठकले साहित्यकार तारकिणीको दुबै कानको उपचारका लागि सक्दो आर्थिक सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन अभियान सुरु गर्ने निर्णय गरेको हो ।
अभियानमा सहभागी हुन चाहनेले स्वेच्छिक रुपमा रकम सहयोग गर्न सक्नेछन् । संकलित रकमलाई प्रतिष्ठानले संबंधित ब्यक्तिको खातामा जम्मा गर्नेछ । सहयोगीले साहित्यकार राजेन्द्र तारकिणीको तल उल्लेखित बैंक खातामा सोझै रकम जम्मा गर्न समेत सक्ने अभियानका अगुवा सगरमाथा साहित्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष जीबित खड्का मगरले बताए ।
सुदूरपश्चिमको जिल्ला बैतडीमा जन्मिएका कवि तारकिणीले हाँडे रोगका कारण १५ वर्षैकै उमेरमा श्रवण शक्ति गुमाउनु परेको थियो ।
उनको उपचारमा संलग्न त्रि.वि. शिक्षण अस्पताल, काठमाडौँका नाक, कान तथा घाँटी रोग विशेषज्ञ प्रा।डा। रविन्द्रभक्त प्रधानाङ्गका अनुसार कवि राजेन्द्रको दायाँ कानमा ‘कक्लियर इम्प्लान्ट सर्जरी’ गरेको खण्डमा उनको श्रवणशक्ति पुनः प्राप्त हुने र बोलीमा समेत सुधार हुनेछ ।
यसका लागि मेसिन र अपरेसन बापत कम्तिमा १८ लाख पचास हजार रुपैयाँ लाग्नेछ । जसमध्ये अपरेसन सफल भएपश्चात् नेपाल सरकारबाट अनुदान वापत ६ लाख पचास हजार रुपैयाँ प्राप्त हुनेछ ।
बाँकी तत्काल आवश्यक पर्ने १२ लाख रुपैयाँ जुटाउन नसक्दा कवि तारकिणी कानको सफल उपचारबाट बन्चित छन् । सामान्य आर्थिक अवस्थाका तारकिणीको परिवारले सो खर्च धान्न सक्ने स्थिति नभएकाले सहयोग अभियान संचालन गर्न लागिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानको फेसबुक पेजबाट हरेक शनिबार प्रसारण हुँदै आएको साहित्यिक अन्तरवार्तामूलक कार्यक्रम “स्रष्टा र सिर्जना” मा गत बैशाख ३ गतेको १०३ औँ शृङ्खलामा साङ्केतिक दोभासेको सहयोगमा कवि तारकिणीसँग विशेष अन्तरवार्ता लिइएको थियो ।
त्यसमा राष्ट्रिय साङ्केतिक भाषा दोभासे संघ नेपालका अध्यक्ष दिनेश श्रेष्ठले वार्ता सहजीकरणको भूमिका निर्वाह गरेका थिए । सो कार्यक्रम प्रसारण भएपश्चात् उनको उपचारका लागि सहयोग अभियान चलाउनु पर्ने माग आएकाले पनि प्रतिष्ठान यस्तो निर्णयमा पुगेको अध्यक्ष मगरले प्रष्ट पारे ।
साहित्यकार एबम् पत्रकार तारकिणी हाल काठमाडौँमा रहेर साहित्य लेखन र पत्रकारितामा सक्रिय छन् । उनी न्यूज २४ नेपालमा कार्यरत छन् । सम्पादन हाउसमार्फत साहित्यिक कृतिहरू सम्पादनमा समेत सक्रिय उनी विभिन्न साहित्यिक संस्थामा समेत आबद्ध छन् ।
यसअघि उनका पाँच ओटा कृति प्रकाशित भइसकेका छन् भने एउटा कविता सङ्ग्रह प्रकाशोन्मुख छ ।
कवि तारकिणीलाई निम्नानुसार खातामा सहयोग गर्न सकिने छ ।
सहयोगका लागि बैँक खाता :
नाम : Rajendra Prasad Pant
बैँक : Global IME Bank Ltd / Kantipath Branch
A/C Number : 0107010024497
============================
बैँक : NIC Asia Bank Ltd / Sukedhara Branch
A/C Number : 2887931058524001
===============================
E-Sewa/Khalti wallet :
+977-9861606136 (Rajendra Prasad Pant)
=================================
Email – rtpoet069@gmail.com
Viber – +977- 9849560709
फेसबुक : rajendra.tarakini
थप जानकारीका लागि : +977-9849560709
प्रतिक्रिया
-
४
