वोल्टेयर (सन् १९९४–१७७८) प्रान्सको बौद्धिक जागरण युगको महान लेखक, नाटककार एवं दार्शनिक थिए । उनको वास्तविक नाम ‘प्रांस्वा मेरी अरोएट’ हो । उनी आफ्नो प्रत्युत्पन्नमति, दार्शनिक भावना तथा नागरिक स्वतन्त्रता (धर्मको स्वतन्त्रता एवं मुक्त व्यापार)को समर्थनको लागि प्रख्यात थिए ।
वोल्टेयरले साहित्यको लगभग सबै विधामा कलमा चलाएका छन् । उनले नाटक, कविता, उपन्यास, निबन्ध, ऐतिहासिक एवं वैज्ञानिक लेखनना बीस हजारभन्दा पत्र र पत्रक लेखेका थिए ।
यद्यपि उनको समयमा प्रान्समा अभिव्यक्तिको प्रतिबन्ध हुँदाहुँदै पनि सामाजिक सुधारको पक्षमा उनले खुलेर बोले । आफ्नो रचनाको माध्यमबाट उनले रोमन कैथोलिक चर्चको कठमुल्लापन एवं अन्य प्रान्सीली संस्थाविरुद्ध खुलेल व्यङ्ग्य गर्थे ।
बौद्धिक जागरण युगको अन्य हस्तिहरू मांटेस्क्यू, जाँन, लाँक, थाँमस, हाँब्स रूसो आदिको साथमा वोल्टेयरको कृतिहरू एवं विचारहरू अमेरिकी क्रान्ति तथा प्रान्सीली क्रान्तिको प्रमुख विचारकहरूमा गहिरो प्रभाव परेको थियो । आज उनै महान व्यक्तिको प्रेरक भनाईहरूलाई सङ्ग्रह गरेर विचार क्याप्सुलमा प्रस्तुत गरेका छौँ ।
– उनीहरूलाई ध्यान दिनु जो सच्चाई चाहन्छन् तर तिनीहरूबाट सावधान हुनु जसले सच्चाईलाई प्राप्त गरिसकेका छन् ।
– वास्तविक दुर्भाग्य असमानता होइन निर्भरता हो ।
– मान्छे जतिधेरै जानकार हुन्छ उति कम बोल्छ ।
– मुर्खतालाई दोहोर्याउनु नै ज्ञानको आभाष हुनु हो ।
– ईश्वर, मेरा साथीहरूबाट मलाई रक्षा गर्नु, दुश्मनबाट आफ्नो रक्षा स्वयं गर्नेछु ।
– जसले तिमीलाई बकवास कुरामा विश्वास दिलाउन सक्षम हुन्छ, उसले तिमीलाई अपराध पनि गराउन सक्षम हुन्छ ।
– आफ्नो लागि सोच अनि अरुलाई पनि त्यस्तै गर्ने सौभाग्य उपलब्ध गराइदेऊ ।
– पुरुषले त्यस्ता व्यक्तिलाई घृणा गर्छ जसबाट उसले प्राप्त गर्नको लागि केही छैन, अन्त्यमा त्यस्ता पुरुषलाई उनीहरूले लोभीको संज्ञा दिन्छन् ।
– हरेक व्यक्ति भड्किन सक्छ तर अविवेकी त्यो जसले छिट्टै पश्चताप गर्छन् ।
– के केही यति बुद्धिमान छ जसले अरुको अनुभवबाट सिक्न सक्छ ?
– भगवानले हामीलाई जिन्दगीको उपहार दिएको छ । यो आफैंमा निर्भर गर्छ कि यहाँ सहि तरिकाले जिउने उपहार स्वयं आफैंलाई दिन सक्नु ।
– हामीले कहिले पनि असल जीवन बाँचेका हुँदैनौँ, असल जीवन जिउने आशा मात्र राखेका हुन्छौँ ।
– हामीले केही रुचिकर कुराको खोजी गर्न सकेनौं भने कमसेकम केही नयाँ कुराको खोजी पक्कै गर्नुपर्दछ ।
– तिमी जे सोच्छौ त्यो भन्न सक्नु सबैभन्दा उत्तम कुरा हो ।
– वर्तमानको अवसरलाई नजरान्दाज गर्नु हुँदैन किन कि यो फर्केर आउँदैन ।
– प्रशंसा अद्भुत कुरा हो, यसले अरुको गुण हामीमा सारिदिन्छ ।
– यदि तिमीलाई कसले नियन्त्रण गरेको छ जान्ने मन भए तिमी कसको आलोचना गर्न सक्दैनौ त्यसको पत्ता लगाऊ ।
– निर्दोषलाई सजाय दिनुको सट्टा कुनै अपराधीलाई मुक्त गर्दिने जोखिम उठाउनु असल कुरा हो ।
– कुनै व्यक्तिको निर्णय उसको उत्तरको आधारमा होइन प्रश्नको आधारमा गर ।
– जित्नु मात्र उपलब्धि होइन आकर्षित गर्ने कला पनि आवश्यक छ ।
– सत्यवान भएर प्रेम गर्नु तर गल्तीलाई क्षमा गर्दिनु ।
– यस्तो नसोच्नु कि पैसाले सबैकुरा गर्न सक्छ नत्र तिमीले पैसाको लागि जे पनि गर्न सक्छौ ।
– प्रशन्न रहने तिम्रो निर्णय सबैभन्दा उच्च निर्णय हो ।
– जिन्दगीको सबैभन्दा सुन्दर क्षण व्यस्त एकान्त हो ।
– म यात्रामा छु तर मलाई थाहा छैन कहाँ जादैँछु ।
सङ्कलक : जनक कार्की
प्रतिक्रिया
-
४
