हाम्रो जीवनलाई सकारात्मक बाटोमा मार्गदर्शन गर्नका लागि कसैको साथ, सहयोग मात्रै नभई विचारहरूले पनि प्रेरित गर्दछ । के गर्ने के नगर्ने ? के गलत, के सही ? जस्ता विषय पनि हामी अरुको विचारबाट प्रभावित भएर गर्दछौँ । अरुको विचार हाम्रो लागि मार्गदर्शन बन्न सक्छन् । हामीले यहाँ हामीलाई मार्गनिर्देशित गर्ने केही विद्वानहरूका विचारहरूले प्रस्तुत गरेका छौँ ।
१. फल लागेपछि बृक्ष झुक्छ, वर्षाको बेला बादल झुक्छ, सम्पति कमाएको बेला सज्जनहरु झुक्छन् । परोपकारीहरुको स्वभाव नै यस्तो हुन्छ ।
-आचार्य तुलसीदास
२. फूलको सुवास वायुको विपरित जाँदैन तर, मानिसको सद्गुणको महक सबैतिर फैलिन्छ ।
– गौतम बुद्ध
३. आलस्य मनुष्यको सबैभन्दा ठूलो शत्रु हो । उद्यम सबैभन्दा ठूलो मित्र । यो मित्रसँग बस्ने मानिस कहिल्यै दुःखी हुँदैन
-कवि भर्तृहरि
४. मिहिनेत गरे दरिद्रता रहँदैन , धर्म गरे पाप रहँदैन । मौन रहे कलह हुँदैन । जागा रहिरहे डर रहँदैन ।
-चाणक्य
५. चरित्रहीन शिक्षा, मानवताविहिन विज्ञान र नैतिकता विनाको व्यापार घातक हुन्छ ।
– सत्य साइवावा
६. सर्पको दाँतमा माहुरीको शिरमा र विच्छिको पुच्छरमा विष हुन्छ । तर, दुर्जनको शरिरभरि विषैविष हुन्छ ।
– कविर
७. असल मित्र त्यहि हो जो भेटेको बेला आदर सत्कार गर्छ, पछाडी प्रशंसा गर्छ अनि आवश्यकता पर्दा मद्दत गर्न तत्पर हुन्छ ।
-अज्ञात
प्रतिक्रिया
-
४
