प्रथम खाडादेबी गाउँपालिका वडा स्तरीय पुरुष भलिवल प्रतियोगिताको फाइनल खेल भोलि शनिबार हुने भएको छ । शक्रबार सेमिफाइनल चरणको खेल सकिएसँगै शनिबार फाइनल हुने आयोजनाले जानकारी दिएको हो ।
खाडादेबी गाउँपालिका माकादुम– ६ वडा कार्यालयको सहयोगमा माकादुम खेलकुद परिषद्ले उत्त प्रतियोगिताको आयोजना गरेको हो । असोज १९ गतेदेखि शुरू भएको उक्त प्रतियोगिताको उद्घाटन खाडादेवी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नारायण कार्कीले गरेका थिए ।

नौ वटा टिमको सहभागिता रहेको सो प्रतियोगितामा गाउँपालिकाको १, २ र ३ वडाबाहेक सबै वडाको खेलाडीरूबो सहभागिता रहेको छ । माकादुम खेलकुद परिषद्का संयोजक दिनेश बुढाथोकीले खेल क्षेत्रमा माकादुम गाउँपालिकाको नमूना रहेको दाबी गरे ।
खेल सोचे भन्दा पनि राम्रो भइरहेको बताउँदै उनले वडा कार्यलयबाट पनि राम्रो सहयोग प्राप्त भएको जानकारी दिए । खेलको सुरुवाती चरणमा भारी बर्षालाई सामना गर्दै आयोजक कमिटीले कडा मेहनतका साथ् खेल सुचारु गरेको माकादुम खेलकुद परिषद्का सदस्य सचिव सुजन चौहानले बताए ।

माकादुम खेलकुद परिषद् आयोजक कमिटी सदस्य राजन खत्रीका अनुसार माकादुममा खेल क्षेत्रमा आमूल परिवर्तन देखिन थालेको भन्दै सहभागी खेलाडीहरूले उत्साहपूर्ण प्रतिक्रिया दिएका छन् । सो खेलमा सह प्रायोजक सरस्वती युवा क्लब, माकादुम युवा एकता समाज ,पर्यटन व्यवसायिक सहकारी सस्था र लोकतान्त्रिक युवा बचत समूह रहेका छन् ।
प्रतिक्रिया
-
४
