सउल / बाग्लुङ समाज दक्षिण कोरियाले आयोजनामा ‘आठौँ बाग्लुङ कालिका कप मैत्रीपूर्ण भलिवल प्रतियोगिता २०२२’ सम्पन्न गरेको छ ।कोरियाको व्यस्त सहर आनसानस्थित 와동체육관 ९경기도 안산시 단원구 화정천동로० मा आइतबार सम्पन्न प्रतियोगिताको आयोजक बाग्लुङ समाजले प्रथम पुरस्कार हात पारेको छ ।

बाग्लुङ समाजले प्रथम पुरस्कार १८ लाख वन कप मेडल र प्रमाणपत्र प्राप्त गरेको हो । यससँगै आयोजक बाग्लुङ समाज यो सिजनमा भएका भलिबल पाँचओटै टुर्नामेन्ट आफ्नो पोल्टामा पार्न सफल भएको छ । यसैगरी उपबिजेता थेसो परिवारले द्वितीय पुरस्कार १२ लाख वन कप मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यस्तै, सेमिफाइनलबाट बाहिरिने मगर संघ थेगु साखा र आन्सान भलिबल क्लब दुबै टिमले सान्त्वना पुरुस्कार स्वरूप ४ लाख कोरियन वन मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

ग्रुप ए बाट ६ टिमलाई पाखा लगाउँदै थेसो परिवार निलो ‘बि’ सेमिफाइनल पुग्न सफल भएको हो भने ग्रुप ए बाट नै पाँच टिमहरूलाई पाखा लगाउँदै सिहुङ्सि आनसान सेमिफाइनल पुग्न सफल भएको थियो ।

बलियो मानिएको ग्रुप ‘बि’ बाट भने ६ टिमलाई पाखा लगाउँदै मगर संग थेगु साखाले सेमिफाईनलको यात्रा तय गरेको थियो भने आयोजक बाग्लुङ समाज दक्षिण कोरियाले पाँच टिमविरुद्ध जित हासिल गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

धेरै थेसो परिवार निलो ‘बि’ र सिहुङ्सि आनसान भि सि र आयोजक बाग्लुङ समाज र मगर संघ थेगु साखाबीच भएको खेल खेलप्रेमीहले निकै रुचाएको आयोजकले जनाएको छ । सेमिफाइनल गेममा थेसो परिवारले आन्सानलाई सोझो सेटमा हराएको थियो । आयोजक र मगर संघ थेगु शाखाको गेम पनि अत्यन्तै प्रतिस्पर्धात्मक रहेको थियो । यद्यपि, मगर संघ थेगु साखा आयोजकसँग सोझो सेटमा हार बेहोर्दै सेमिफाइनलबाटै बाहिरिन पुग्यो ।

ए र बि पोलबाट सबै टिमलाइ पछि पार्दै आएको थेसो परिवार निलो र आयोजक बाग्लुङ समाजको गेमपनि सोझो सेटमै सम्पन्न भयो ।प्रतियोगितामा सहभागी ११ टिमलाई पछि पार्दै फाइनल यात्रा तय गरेको थेसो परिवार आयोजक बाग्लुङ समाजसँग सोझो सेटमा हार व्यहोर्दै द्वितीय स्थानमै सीमित हुन पुग्यो ।

विभिन्न विधागत पुरस्कारहरूमध्ये सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरि बेष्ट प्लेयरको उपाधि चुम्न सफल भएका थिए । बाग्लुङ समाजका टिम क्याप्टेन झपेन्द्र के सि उनले एक लाख कोरियन वन कप मेडल र प्रमाणपत्र पनि हासिल गरेका थिए।

त्यस्तै अन्य विधाहरूमा क्रमशः वेष्ट ब्लकरको उपाधि मगर संघ थेगु शाखाका खेलाडी सुर्य जंग क्षेत्री , वेष्ट सर्भर बाग्लुङ समाजका खेलाडी मनोज थापा, वेष्ट लिब्रो बाग्लुङ समाजकै खेलाडी प्रकाश मल्ल वेष्ट सेटर थेसो परिवारका खेलाडी दिनेश क्षेत्रि र वेष्ट स्पाइकर थेसो परिवार कै खेलाडी सुमित सुनारले ५० हजार कोरियन वन मेडल र प्रमाणपत्र हात पार्न सफल भएको थियो ।

सो अवसरमा खेल अवधिभर रेफ्रिको जिम्मेवारी वहन गरेका सम्पूर्ण रेफ्रीहरू, प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण टिम तथा प्रतियोगिता आयोजना गर्न आर्थिक नैतिक भौतिक रूपमा सहयोग गर्ने सहयोगी संघ संस्था तथा व्यक्तिहरूलगायत उपस्थित सम्पूर्णमा आयोजक बाग्लुङ समाज दक्षिण कोरियाले धन्यवाद व्यक्त गरेको छ।

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्ष बिदुर शर्माको अध्यक्षतामा आयोजित बाग्लुङ कालिका कपको प्रमुख अतिथिमा एनआरएनए दक्षिण कोरियाको अध्यक्ष दिपक पुन रहेका थिए ।

त्यस्तै, विशिष्ट अतिथिमा बाग्लुङ समाज दक्षिण कोरियाको संरक्षक तथा सल्लाहकार विपिन गुरुङ, बाग्लुङ समाजका बरिष्ठ सल्लाहकार, सल्लाहकार , बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थित रहेको थियो। बिभिन्न संघ संस्था गरी २२ वटा टिम सहभागी प्रतियोगिताको कार्यक्रम सञ्चालन समाजका सचिव राजु नेपाली र बाग्लुङ समाज अन्तर्राष्ट्रिय सचिव प्रेम सागर पौडेलले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर