
काठमाडौँ / गैरआवासीय नेपाली संघले आगामी अक्टोबर २३ तारिखदेखि २५ तारिखसम्म १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने भएको छ ।
गैरआवासीय नेपाली संघको १७ जुलाई २०२१ दिन सम्पन्न ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सो निर्णय गरेको हो ।
एनआरएन ग्लोबल सम्मेलन र साधारणसभाका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिने बताइएको छ ।
अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय भएको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले बताए ।
यसका साथै निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरिएको छ ।
निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने निर्णय भएको छ ।
बैठकले आर्थिक वर्ष २०७८–२०७९ को बजेट पारित गर्नुका साथै गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरिएको छ ।
प्रतिक्रिया
-
४