सउल – नेपाल मुक्तक प्रतिष्ठान कोरियाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । गत आईतबार भर्चुअल माध्यम मार्फत उक्त कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनले पाँचौँ समितिले गरेको कार्यप्रगति विवरण र आर्थिक विवरण समेत प्रस्तुत गरेको थियो ।
अधिवेशनले निर्दोष शिवको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष, दीपक राज बञ्जाडे, उपाध्यक्ष जीवन भण्डारी महासचिव, आर पि सि सङ्गम, सचिव प्रकाश पाठक, कोषाध्यक्ष : दुर्गा तिवारी र सह-कोषाध्यक्ष : रुद्र कँडेल चयन भएका छन् । तेस्तै सदस्यहरूमा रुसन सुवेदी,सरोज सर्वहारा, राजेश सुवेदी, रोदुङ्ग यायावर, विवेक रिजाल, अजय गोले, तिल्ता मगर, किरण गितार, मानकाजी शाक्य, लोकेश जंङ्ग ब. चन्द, वसन्त हरियाली, स्टार मगर, डि एन के कुँवर, रोशन राज भट्टराई, सन्तोष चौँलागाईँ र महेश रेग्मी रहेका छन् ।
कार्यसमितिले सल्लाहकार समितिमा, विष्णु वाग्ले, विदुर शर्मा, ह्यारी बोण्ड, जीवन खत्री, डा. कमला केसी , लोकराज न्यौपाने, सुशिल अर्याललाई मोनोनित गरेको छ । संस्थाको संरक्षक समितिमा संयोजक निवर्तमान अध्यक्ष आर एन रहेका छन् भने सदस्यहरूमा, गङ्गा पौडेल संस्थापक अध्यक्ष, सन्तोष अमगाईँ पूर्व अध्यक्ष, रामचन्द्र शर्मा पूर्व अध्यक्ष रहेका छन् । संस्थाले केही दिनमा नया कार्यसमितिको बैठक बसी आगामी दिनको कार्ययोजना र नया कार्यक्रम घोषणना गर्ने नवअध्यक्ष निर्दोष शिवले बताएका छन् ।
प्रतिक्रिया
-
४