रामेछाप – नेपाली कांग्रेस रामेछापका नेता एवं निर्माण व्यवसायी पूर्ण बहादुर तामाङ ‘कान्छाराम’ले पार्टीको आगामी जिल्ला अधिवेशनमा जिल्ला सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कान्छाराम गत प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसबाट उम्मेदवार समेत थिए । उनले रामेछापमा कांग्रेसलाई पहिलो पार्टी बनाउन आफूले उम्मेदवारी दिन लागेको बताए ।

आफूले गरेको कामको आधारमा यस पटक सभापतिमा उम्मेदवारी घोषणा गरेको बताउँदै कान्छारामले कार्यकर्ताको चाहना र भावनालाई सम्बोधन गर्न पनि एक पटक सभापति बन्ने चाहना राखेको बताए ।

जिल्लाको वडा र स्थानीय तहमा अधिवेशन हुने कार्यतालिका सार्वजनिक भएसँगै उनले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

कांग्रेसको घोषित कार्यतालिका अनुसार यही भदौ १८ गतेदेखि वडा अधिवेशन हुँदैछ । रामेछापमा ६४ वटा वडा रहेका छन् । ६ वटा गाउँपालिकाका र २ वटा नगरपालिका रहेको यहाँ भदौ २७ गते नेपाली कांग्रेसको गाउँ-नगरको अधिवेशन कार्यतालिका सार्वजनिक भएको छ ।

वडा, गाउँ – नगरमा हुने अधिवेशनबाट छनोट हुने प्रतिनिधिले जिल्ला सभापति सहितका जिल्ला नेतृत्व गर्ने टिम चयन गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर