काठमाडौँ – अनेकौँ बिबाद, कल र झगडा पछि अन्तत नेकपा एमाले फुटेको छ । पछिल्लो समय माधव नेपाल सहित १४ सांसदलाई एमालेले सासंद पद समेत नरहने गरि कार्वाही  गरेपछि माधव नेपाल पक्षले छुट्टै दल दर्ता गर्ने भएसँगै पार्टी बिभाजन भएको हो ।

बुधबार माधवकुमार नेपालसहित माधव खेमाका नेताहरु नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए । नया दल दर्ता गर्न माधव नेपालसहित नेपाल पक्षीय नेताहरू आयोग पुगेका हुन् । आयोगमा उनीहरुले दल दर्ताका लागि आवस्यक प्रक्रिया बुझ्ने कुरा समेत भएको छ ।

नयाँ पार्टीको नाम नेकपा एमाले समाजवादी प्रस्ताव सहित उनीहरू दर्ता गर्न आयोग पुगेका हुन् । यस्तै पार्टीको चुनाव चिन्ह खुला किताब राख्ने निर्णय पनि भएको थियो ।

तर खुला किताब चुनाव चिन्ह यसअघि नै आयोगमा दर्ता भएको पार्टी नेपाल उन्नत लोकतान्त्रिक पार्टीले पाइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर