गण्डकी- गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरेका छन् ।
उनले चालु आर्थिक वर्ष ०७८/७९ को निर्वाचन क्षेत्र नम्बर २ (क) अन्तर्गत विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरेका हुन् ।
रु दुई करोड बजेट विभिन्न ३० योजनामा विनियोजन गरिएको उनले जानकारी दिए ।
शुक्लागण्डकी, म्याग्दे र व्यासका दुई वडा समेटिएको क्षेत्रमा विभिन्न योजनाका लागि बजेट बाँडफाँड गरिएको हो ।
कार्यक्रम अन्तर्गत खेलमैदान निर्माण, टोल विकासको भवन निर्माण, सडक स्तरोन्नति लगायतका योजनामा बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया
-
४
