काठमाडौँ – नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिणतिर रहेको छ।

हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावकोको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर