काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिका वडा नम्बर १ सापिङ अर्खौलेको सडक बर्षाका कारण बिग्रिएको छ । बर्षाले सडक बिग्रिएपछि जोखिमपूर्ण कष्टकर यात्रा गर्न बाध्य यात्रुहरू आफैँ कुटो कोदालो बोकर बाटो सफा गर्न लागेका छन् ।

दसैँ शुरू हुनुअघि बाटो मर्मत गरिएको भए पनि राम्रोसँग काम नभएको कारण आफूहरूलालाई यात्रा गर्न कठिन भएको स्थानीयको भनाई छ ।
स्थानीय सुजन बस्नेतका अनुसार दसैँ सुरुवात भएको ३/४ दिन अगाडि सडक मर्मतको बाहानामा डोजर ल्याइएको थियो । सम्बन्धित जनप्रतिनिधिहरू सडक मर्मतको विषयमा गम्भिर नभएको र हेलचक्रयाई गरेर जनताको आँखामा छारो हाल्न र फोटो खिचेर देखाउन मात्र उपस्थित भएको स्थानीयहरूको आरोप छ ।

बाटो राम्रोसँग मर्मत हुन नसक्दा यात्रुहरू सास्ती भोग्नुपरेको अर्का स्थानीय केशव पहरीले गुनासो गरे । त्यस्तै, स्थानीय बिदुर भण्डारीले स्थानीय तहको काम गर्ने शैलीप्रति व्यङ्ग्य गर्दै भने। “सरकारी डोजर जैसा आया ऐसा गया बाटो जस्ताको तस्तै रया !”

अस्तव्यस्त बाटोका कारण दुर्घटना निम्तिने सम्भावना बढी रहेको बताउँदै बिनोद कुवर भन्छन्, “बाटोमा काम गर्नेभन्दा फोटो मात्रै खिचेर काम देखाउने प्रवृत्ति हावी भयो । ग्राभेल पनि मिलाएर हालेको छैन । गलेको जमिन छ, केही गरी दुर्घटना भएमा जिम्मेवारी कसले लिने ?”

अधिकार पाएको निकायले जनताको कुरा सुन्नुपर्ने उनको जिकिर छ । स्थानीय प्रल्हाद सुवेदीले विकास र जनताको जनजीवन र भावना बुझेर काम नभएको र जनप्रतिनिधिहरूले परिपक्क रूपमा काम गर्न नसकेको आरोप लगाए । स्थानीयहरूले जनप्रतिनिधि र स्थानीय तहसमप्क्ष बाटो मर्मतका लागि पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर