काभ्रेपलान्चोक जिल्लाको भुम्लु गाउँपालिकाका स्थानीय शव दाहसंस्कारका लागि जोखिम मोलेर घाट पुग्न बाध्य छन् । स्थानीयका लागि उपयुक्त घाट र घाटसम्म पुग्ने बाटो नहुँदा जोखिम मालेर घाट पुग्न बाध्य भएका हुन् ।

हिड्नै कठिन हुने बाटामो लास बोकेर ज्यान माया मारेर हिड्नु परेको स्थानीयको गुनासो छ । बेख्सिम्ले र सिम्थलीबाट चेहेरेमा लास पुर्याउन ३÷४ घण्टा लाग्ने र बाटो सहज नभएको उनीहरूको भनाई छ ।

बर्षातको बेलामा उर्लेर आएको भोटेकोसीले मलामी नै बगाउने डर भएको स्थानीय भुवन कुवँरले बताए । उनले भने “राम्रो घाट नभएर आफैँले कोशीको छेउमा गएर ढुङ्गाको पर्खाल बनाइ त्यहीँ माथि चिता बनार्इ लास दाहसंस्कार गर्नुपर्ने पीडा रहेको र अर्को न त मलामी बस्ने जस्ताको टहरा नभै बर्षादको समयमा भने मलामी पनि लास दाहसंस्कार नगरुन्जेलसम्म त्याही भिजेर नै बस्न बाध्य भएको बताउँछ्न्।”

चुनावी बेला हामी यो गर्छौँ त्यो गर्छौँ भन्दै जनतालाई झुटो आश्वासन दिने तर जितेर गएपछि स्थानीयको समस्याप्रति उदासिन रहेको उनले गुनासो गरे ।

भुम्लुली जनताहरू मलामी जादा बाटो नभएर भित्तो कोपार्दै, गोडा कमाउदै ज्यानको माया मारेर हिड्नुपर्ने बाध्यता पहिलादेखि नै भए पनि पालिका र वडाका जनप्रतिनिधिले चासो नदेखाएको भन्दै स्थानीयले ध्यानाकर्षसमेत गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर