काठमाडौं – सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । सरकारी कर्मचारीहरुको हाल बुझ्दै आएको तलबमा १५ प्रतिशतले वृद्धि गरेको हो ।

अर्थमन्त्री जनादर्न शर्माले चालु आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।

योसंगै अब सरकारी सेवामा रहेका सबैभन्दा तल्लो तहका कर्मचारीको तलब ३ हजार रुपैयाँले बढ्ने छ भने मुख्य सचिवको १० हजार ७१ रुपैयाँले वृद्धि हुने छ ।

अहिले प्रथम स्तरको कर्मचारीको तलब २४ हजार १० रुपैयाँ रहेको छ । अब यो बढेर २७ हजार ६ सय ११ रुपैयाँ पुग्ने भएको छ । यता, मुख्य सचिवले हाल पाउँदै आएको ६७ हजार १ सय बाट बढेर ७७ हजार २ सय पुगेको छ ।

बजेट मार्फत वृद्धि भएको सम्पूर्ण राष्ट्र सेवक कर्मचारीहरुको तलब आगामी आर्थिक वर्ष २०७९/८० साउन १ गतेदेखि लागू हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर