लाओत्से (इ.पू. ५७१–४७१) प्राचीन चीनका प्रसिद्ध दार्शनिक हुन्। यिनले चीनमा ताओ धर्मको प्रचार गरेका छन्। उनको दर्शन आज पनि उत्तिकै सान्दर्भिक र ग्रहणयोग्य छ । आजको विवेक क्याप्सुलमा उनै लाओत्सेका महानवाणीलाई प्रस्तुत गरेका छौँ ।
– कसैद्वारा गहिरो प्रेम गरिनुले ताकत दिन्छ भने कसैलाई गहिरो प्रेम गर्नुले साहस ।
– कठिन लाग्ने कुरा तब गर जब त्यो सजिलो अवस्थामा हुन्छ, महान कुरा तब गर जब त्यो सानो लाग्छ । हजारौं माइलको यात्रा एउटा पाइलाबाट सुरु हुन्छ ।
– यदि तिमीले दिशा परिवर्तन गरेनौ भने त्यहीँ पुग्छौ जहाँ पुग्ने उद्देश्य राखेका छौँ।
– जुन मन स्थिर हुन्छ, त्यो मनतर्फ पुरै ब्रह्माण्ड समर्पित हुन्छ ।
– जब तिमी आफैँमा सन्तुष्ट हुन्छौ, न कसैसँग आफ्नो तुलना गर्छौ न त प्रतिस्पर्धाको भावना राख्छौ । सारा दुनियाँले तिमीलाई सम्मान गर्न थाल्छ ।
– दयालु शब्दले आत्मविश्वास जगाउँछ । दयालु सोचले गुणता ल्याउँछ । दयालु भएर दिनुले प्रेम सिर्जना गर्दछ ।
– जो असल छन् उनीहरूसँग असल व्यवहार गर । जो खराब छन् उनीहरूसँग पनि असल व्यवहार गर । यसरी असल कुरा प्राप्त हुन्छ ।
– मसँग सिकाउनको लागि तीनवटा कुरा छन्: सरलता, धैर्यता र करुणा, यी तीनै कुरा तिम्रो सबैभन्दा ठूलो सम्पत्ति हो ।
– मौनता महान शक्तिको स्रोत हो ।
– आत्माको संगीत ब्रह्माण्डद्वारा सुन्न सकिन्छ ।
– अरुलाई जान्नु ज्ञान हो भने आफैलाई जान्नु आत्मज्ञान हो ।
– जीवन र मृत्यु एउटै धागो हो, अलगअलग कोणबाट हेरिएको एउटै रेखा हो ।
– स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो, सन्तुष्टि सबैभन्दा ठूलो खजना र आत्मविश्वास सबैभन्दा महान साथी हो ।
– पानीको तुलानामा कुनैपनि कुरा अधिक नरम वा लचिलो हुँदैन तर पनि कसैले पनि यसलाई रोक्न सक्दैनन् ।
– यति बुझ्नु कि तिमीले बुझिरहेको छैनौ, यो गुण होः यो नबुझ्नु कि तिमीले बुझिरहेका छैनौ, यो दोष हो ।
– बीजमा वृक्ष देख्नु नै विवेकी हुनुको सङ्केत हो ।
– एउटा हिँडिरहेको कमिलाले झुलिरहेको गोरुले भन्दा अधिक काम गर्छ ।
– जो धेरै बोल्छ, छिटो थाक्छ ।
– जो आफ्नै कुरालाई मात्र महत्व दिन्छ उसको समर्थनमा थोरै मान्छेको मात्र साथ मिल्छ ।
– नेतृत्व गर्नु छ भने भिडको पछाडि हिँड ।
प्रतिक्रिया
-
४
