मदर टेरेसा विश्वप्रख्यात नाम हो । उनको जन्म सन् १९१०, २३ अगस्टमा उस्कुब ओटोमेन (हाल मेसोडोनिया गणराज्य)मा भएको थियो । उनी सेवा नै धर्म भन्ने आदर्शले अभिप्रेरित थिइन् । उनको वास्तविक नाम अग्नेसे गोंकशे वोजशियु हो।
मदर टेरेसा रोमन क्याथलिक नन थिइन् । उनी भारतीय नागरिक पनि थिइन् । उनले सन् १९५० मा कोलकात्तास्थित मिशनरिज् अव् च्यारिटीको स्थापना गरिन्। उनी ४५ वर्षसम्म गरिब, अनाथ र रोगीको सेवामा समर्पित भइन् । उनको सन् १९९७, ५ सेप्टेम्बरमा देहान्त भयो ।
आउनुहोस् विवेक क्याप्सुल स्तम्भमा नोबेल पुरस्कार समाजसेवी विजेता मदर टेरेसाका प्रेरणादायी विचारहरूमा विचरण गरौं ।
– ससना कुराहरूमा पनि इमानदार बन्नुहोस् । किनभने यसैमा तपाईँको शक्ति निहित छ ।
– शान्तिको सुरूवात मुस्कानबाट हुन्छ ।
– कर्ममा प्रार्थना प्रेम हो । र, कर्ममा प्रेम सेवा हो ।
– केही व्यक्ति तपाईंको जीवनमा आशीर्वादजस्तै हुन्छन् भने केही पाठजस्तै हुन्छन् ।
– प्रेम त्यस्तो फल हो जुन हरेक मौसममा उपलब्ध हुन्छ । र, हरकोहीले प्राप्त गर्न सक्छन्।
– हिजो गइसकेको छ। भोलि आउन बाँकी छ । हामीसँग आज छ। आउनुहोस् सुरूवात गरौँ ।
– सबै सुन्दर व्यक्तिहरू असल नहुन सक्छन् । तर, सबै असल व्यक्तिहरू सुन्दर हुन्छन् ।
– अनुशासनले लक्ष्य र उपलब्धिको बीचमा पुलको काम गर्छ।
– जीवनमा कति सहयोग गर्नुभयो त्यो महत्वपूर्ण कुरा होइन । सहयोग गर्दा कति प्रेमले गर्नुभयो, त्यो महत्त्वपूर्ण हुन्छ ।
– म सफलताको लागि प्रार्थना गर्दिन। सत्यको लागि प्रार्थना गर्छु ।
– कुनै नेताको प्रतीक्षा नगर । एक्लै गर । व्यक्तिले व्यक्तिका लागि ।
– हाम्रो अमूल्य जीवनलाई अरूको सेवामा समर्पण र उपयोगी बनाउन सकिएन भने त्यो जीवन होइन।
– जुन कुरा तपाईंले वर्षौ लगाएर बनाउनुहुन्छ, एकक्षणमा नष्ट हुन सक्छ । नडराऊ । अगाडि बढ र त्यसलाई पुनर्निर्माण गर।
– जहाँ जाऊ माया बाँड । हरकोही तिमीसँग आएर अधिक खुसी भएर फर्कियोस् ।
– यदि सयौँजनालाई खुवाउन सकिँदैन भने एकजनालाई भए पनि खुवाऊ ।
-अरूका बारेमा गलत धारणा बनाउनेसित प्रेम गर्ने समय हुँदैन ।
सङ्कलक : जनक कार्की
प्रतिक्रिया
-
४
