
✍️ वसन्त गौतम
मुक्तक – १
सरकारले गरीबलाई यस्तो दक्षिणा, यस्तो भेटी दियो
तालु देखि पैतालासम्म नि चो¥यो र घाँटी रेटिदियो
गरीबलाई बाँड्ने भन्दै ठुलोे होहल्लागर्दै छापेपछि
सरकारले ‘गरीबको परिचयपत्र’धनीलाई बेचिदियो !
मुक्तक – २
जिउँदो छँदा त उसलाई पटक–पटक चिनिएको थियो
लाग्छ, मर्नुअघि पनि’प्रतिशत’को कुरा छिनिएको थियो
चिताको लाश जुरुक्क उठेर कात्रोको कमिशन माग्यो
जुन कात्रो उसैका लागि देशको बजेटले किनिएको थियो ।
मुक्तक – ३
कमाउने यो सुनौलो मौकामा, सात पुस्तालाई पुग्ने ‘मनी’ बनाउँछौँ
यस्तरी कमाउँछौं कि स्विस बैंकका खाता–खाता सनसनी बनाउँछौँ
हामी त ‘समृद्धिवादी’, देश धनी बनाउने अचूक उपाय छ हामीसँग
पहिला देश मरुभूमि बनाउँछौं, अनि बालुवा बेचेर धनी बनाउँछौ !
मुक्तक- ४
एक पेट भर्न मन भए डाँडा काटी जानु
रोगी ख्याउटेलालाबालाजम्मै साथै लानु
अरबपति नेताको उपचार सरकारले गर्दिन्छ
रैती नेपाली हो, तिमीहरू मिर्गौला बेचेर सिटामोल खानु !
मुक्तक – ५
बजारका गौंडा–गौंडामा ‘पत्रम् पुष्पम्’ चढाउँला
आफू–आफूलाई उचालेर अरु सबैलाई लडाउँला
तैंबाहुन, मै बाहुन–घरका पैसा कतै नजाउन्
तपाईँ मलाई पुरष्कार दिनुस्, म तपाईँलाई दोसल्ला ओढाउँला
प्रतिक्रिया
-
४
-
१०