२२ मंसिर, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित एक जना पक्राउ परेका छन्

फ्लाई दूबईबाट आएका गोरखा, बारपाकका चन्द्र घलेको साथबाट दुई किलो सुनको गरेर वटा विस्कुट बरामद भएको त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताएका छन्

सुन ल्याउन लगाउने मिन घलेलाई पनि प्रहरीले धुम्बाराहीबाट पक्राउ गरेको उनले बताए विशेष सूचनाका आधारमा खटिएकोविमानस्थल भन्सार कार्यालय प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो

डीआईजी चन्दका अनुसार, गोरखाका घले सुन बोक्न प्रयोग भएका भरिया मात्र हुन् उनलाई सुन ल्याउने भरियाका रुपमा मात्र केहीअघि दूबई पठाइएको देखिन्छ’, चन्दले भने, ‘अस्कोटमा लुकाएर उनले सुन ल्याएका थिए

प्रहरीका अनुसार, घले गएराति ११ः५६ बजे फ्लाई दुबईको एफजेड ५७३ विमानबाट काठमाडौं अवतरण गरेका थिए विशेष सूचनाकोआधारमा भन्सारको टोलीले उनलाई अवतरण गर्ने वित्तिकै पक्राउ गरेको विमानस्थल स्रोतले बताएको

यसअघि साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागलेबरामद गरेको थियो त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत किलो सुन तस्करी भएको थियो

यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिनसमिति पनि बनाएको समितिले यसअघि सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको

प्रतिक्रिया

सम्बन्धित खवर