काठमाडौँ – मन्त्रिपरिषद्को बैठकले ७ स्थानको जग्गा वा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को असार १२ गतेको मंगलबार बसेको बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सो जानकारी दिएकी हुन् ।

सञ्चारमन्त्री शर्माले रास्कोट नगरपालिका वडा.नं ६ कालिकोट, नरहरिनाथ गाउँपालिका वडा.नं २ कालिकोट, रासिसोनरी गाउँपालिका वडा.नं ४ बाँके, रम्भागाउँपालिका वडा.नं घ पाल्पा, शितगंगा नगरपालिका वडा.नं १३ अर्घखाँची, जगरनाथपुर गाउँपालिका वडा.नं ५ पर्सा र महागढीमाई नगरपालिका वडा.नं ५ बारा गरी ७ स्थानको जग्गा वा क्षेत्रलाई औद्योगिक क्षेत्र घोषण गर्ने जनाएकी हुन् ।

मन्त्री शर्माका अनुसार बैठकले असार २४ र २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने मा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिन बहादुर श्रेष्टलाई स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।

अन्य केके छ मन्त्रिपरिषद् बैठकको निर्णय:

 

प्रतिक्रिया

सम्बन्धित खवर