काठमाडौं – गीतकार डा.हेमन्त खतिवडाले भजन सङ्ग्रह प्रकाशित गरेका छन् । भजन सङ्ग्रहमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीमाथि लेखिएका भजनहरु समावेश गरिएको छ । भजनहरु जीवन मृत्युको विषयमा केन्द्रीत भएर सिर्जना गरिएको छ ।

कृतिमा एक सय ६ भजन सङ्ग्रहित छन् । उनका पचास भजन आशा भोषले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुलगायतका गायक गायिकाले गाएका छन् । खतिवडाका धेरैजसो भजन क्लासिकल र सेमिक्लासिकलमा गाइएका छन् ।

उनले मृत्युलाई पनि उत्सवको रूपमा चित्रण गरेर भजन

लेख्दै आएका छन्।जीवनजस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजन पुस्तकमा छन् । यसमा मानिसलाई उत्प्रेरणा जगाउने र प्रेरित गर्ने खालका जीवन दर्शनका विषय पनि समेटिएका छन् ।

गीतकार स्वयम् प्रकाशक रहेको भजन सङ्ग्रहको मूल्य दुई सय रुपियाँ रहेको छ । डा. खतिवडा २०५३ सालमा सङ्गीत साधक नातिकाजीको स्वर तथा सङ्गीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर