दाङ – उदाहरण समूह, नेपालको आयोजनामा तेस्रो दाङ लिटरेचर फेस्टिभल चलिरहेको छ । पहिलो दिनझैँ दोस्रो दिन माघ २९ गते पनि भिन्दा भिन्दै विषयमा चार बहसहरू भए ।

महोत्सवको दोस्रो दिनको दोस्रो सेसनको विषय थियो, ‘कथामा पश्चिमको कथा’ । सेसनमा सहभागी वक्ताहरू थिए, साहित्यकार नयनराज पाण्डे, कथाकार, लेखक नविन विभाष र कवि, निबन्धकार उषा हमाल । सेसनको सहजकर्ता कवि तथा पत्रकार नविन अभिलाषी थिए ।

बिशेषत नेपाली साहित्य लेखनलाई विश्लेषण गर्दा नेपाललाई दुई क्षेत्रमा विभाजन गरेर पनि हेरिन्छ, पूर्वी नेपाल र पश्चिम नेपाल । यी दुई भूगोलको प्रतिनिधित्व गरेर लेख्ने लेखकहरुको लेखनमा प्रशस्त भिन्नताहरु भेटिन्छन् । कथा, कथामा लेखिने विषय, भाषा शैली, कथामा आउने पात्र फरक फरक भेटिन्छन् । यिनीहरूमा आउने भिन्नता, समस्या र समाधानको विषयमा सेसनको छलफल केन्द्रित भयो ।

नेपाली साहित्यमा स्थापित नयनराज पाण्डेले लेखनमा भाषाको दुर्वोध्यले गर्दा प्रवाभ पार्ने र तेसले केही असहज महशुस गराउँछ । लेखन पूर्वको वा पश्चिममा भाषा, विषय, संस्कृतिमा लेखिए पनि पाठकचाँहि लक्षित नहुने र संस्कृति भाषा फरक फरक हुने भएकाले त्यसमा लेखक चनाखो हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले कुनैपनि विषयमा लेख्दा विषयमाथि लेखकले सम्वेदनाको कुन तहमा पुगेर सोच्छ, पात्रहरुलाई कुन रुपमा देखाउने र उनीहरूको सम्वेदनामा ठेस पुगेछ पुग्दैन्, वा आञ्चलिकता वा संस्कृतिकै विषयमा लेखक सचेत छ छैन् भन्ने कुरा महतेवपूर्ण हुने बताए ।

तेस्तै लेखक उषा हमालले पनि भाषामा पश्चिमको आञ्चलिकता, स्थानिय भोगाई, जनजीवनको उत्पिडिन, भाषाको मौलिकता लगायतका कुरामा ध्यान दिनु पर्ने बताईन । पश्चिम, साहित्यका लागि असाध्यै धेरै विषय ब‍ोकेर बसेको छ । तर लेख्नेहरूको कमी छ । त्यो परिपूर्ति गर्ने कार्य लेखकहरूकै भएको जिकिर गरिन ।

अर्का लेखक नविन विभाषले पश्चिमको कथा पश्चिममै जन्मे हुर्केको लेखकलेनै लेख्नु पर्छ भन्ने छैन् र पश्चिम बाहिरकाले पनि लेखिदिन सक्छन् । तर बाहिरबाट लेख्नेले सतही लेख्ने सम्भावना रहन्छ । भित्रकाले लेखे पनि असली अनुहार नआउने सम्भावन रहन्छ । त्यसकारण पश्चिमको कथा जसले लेखेपनि त्यो विषयको स्पष्ट अनुहार आयो कि आएन भन्ने कुरानै महत्वपूर्ण हुने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर