काठमाण्डौ – अजित उत्सवको कविता संग्रह “आकाशगङ्गाको किनार”को काठमाडौं परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । शनिबार काठमाडौंको सामाखुशीस्थित लिंकन कलेजमा आयोजित एक कार्यक्रमका बीच समीक्षा एबम् अन्तर्क्रिया सम्पन्न भएको हो ।

हरित शान्ती समाज नेपाल, काठमाडौंको आयोजनामा भएको कार्यक्रमको मुख्य अतिथी डा. रेणुका सोलुले कविता संग्रहको खुलेर तारिफ गरिन । यस्तै बिशिष्ठ अतिथि राजेन्द्र चापागाईले पनि आफ्नो समिक्षात्मक टिप्पणीमा संग्रहका कविताका बिबिधता र यसका भाब, विचार अनि कला पक्षका बारेमा बिस्तृत चर्चा गरे । युवा समिक्षक एबम् समालोचक महेश कार्की क्षितिजले पनि कविता संग्रहको समग्र टिप्पणी गर्दै यस कविता संग्रहले बजारमा राम्रै स्थान प्राप्त गर्ने बिश्वास ब्यक्त गरे ।

युवा संचारकर्मी एवम् समाजसेवी गोबिन्द गिरीले कवि अजित क्षेत्रीको ब्यक्तित्वको चर्चा गर्दै कविता संग्रहको सफलताको कामना गरे भने बरिष्ठ समाजसेवी बालकृष्ण गिरीले समालोचक र पाठकवर्गले लेखकलाई हौसला दिन सके मात्र राम्रा लेखकले देशलाई राम्रा सिर्जना दिन सक्ने धारणा ब्यक्त गरेका थिए ।

युवा कवि प्रज्वल अधिकारी र रेजिना आपगाईंले यस कविता संग्रहबाट एक एक कविता वाचन गरे । अधिकारीले “अदालतमा जुत्ताको बयान” र आपगाईंले “देशको अनुहार” वाचन गरेका थिए । उनीहरूले कृतिमाथि छोटो टिप्पणी गर्दै उत्कृष्ट कृति बजारमा आएकोमा खुशी व्यक्त गरे । कार्यक्रमको अध्यक्षता हरित शान्ति समाजका उपाध्यक्ष सन्तु सफल गिरीले गर्नुभएको थियो स्वागत मन्तव्य संस्थाका सहसचिब पदम क्षेत्रीले गर्नुभएको थियो । कार्यक्रमको सफल सञ्चालन युवा गजलकार अमन एकलले गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर