काठमाडौँ- कृष्णभूषण बल स्मृति प्रतिष्ठान विराटनगरले ,२०७७ सालको तीन पुरस्कार सम्मानको घोषणा गरेको छ ।प्रतिष्ठानले कृष्णभूषण बल स्मृति सिर्जना पुरस्कार कवि डा. विष्णुविभु घिमिरेलाई प्रदान गर्ने भएको हो ।
लामो समयदेखि नेपाली साहित्यको कविता विधामा दिएको योगदानका लागि उक्त पुरस्कार दिइने निर्णय गरिएको हो ।
पुरस्कार राशि रु पचीस हजार रहेको छ । यस अघि यो पुरस्कारबाट साहित्यकारहरू जसराज किराती, श्यामल, मन्जु काँचुली ,बम देवान, नारायण तिवारी ,गणेश रसिक र भागिरथी श्रेष्ठ पुरस्कृत भइसक्नु भएको छ ।
यसै गरी २०७७सालको कृष्णभूषण बल स्मृति सिर्जना विशेष सम्मान ,कवि समालोचक डा। गीता त्रिपाठी, र कृष्णभूषण बल स्मृति युवा सिर्जना पुरस्कार कवि सगुन सुसारालाई प्रदान गरिने छ । नेपाली कविता,समालोचना विधामा दिएका योगदानका लागि त्रिपाठीलाई र कविता विधामा दिएका योगदानका लागि सुसारालाई उक्त पुरस्कार सम्मान प्रदान गरिने भएको हो ।
सो पुरस्कारबाट यस अघि कवि कविराज पोखरेल, सुदीप पाखरिन, निमेष निखिल पुरस्कृत भैसकेका छ्न् । सम्मान र पुरस्कारको राशि जनही क्रमशः पन्द्रह हजार र एघार हजार रुपैयाँ रहेको छ ।
प्रतिष्ठानका प्रमुख संरक्षक शोभा लामा बलको समुपस्थिति र प्रतिष्ठानका कार्यवाहकअध्यक्ष केशव आचार्यको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । पुरस्कार सम्मान आगामी माघ महिनामा विराटनगरमा प्रदान गर्ने बताइएको छ ।
प्रतिक्रिया
-
४
