बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल बिहीबार लगनगाँठो कसेका छन् । बिहीबार राजस्थानको सवाई माधोपुरको बरवारा फोर्टमा रहेको सिक्स सेन्सेस होटलमा दुवैले धूमधामका साथ विवाह गरेका हुन् ।
समारोहलाई गोप्य राखे पनि केही दिनदेखि प्रशासन र सञ्चारकर्मीबीच झडप भएको थियो । बिहीबारको कार्यक्रममा सहभागी हुन मुम्बईको फिल्म प्लेस र धेरै ठाउँबाट राजस्थानको सवाई माधोपुर पुगेका थिए ।
उक्त समारोहमा बलिउडसँगै व्यवसायिक क्षेत्र र राजनीतिका सेलिब्रेटीहरूको पनि सहभागिता रहेको थियो । तर, यसमा संलग्नको नाम भने निकै गोप्य राखिएको थियो । मिडिया रिपोर्टका अनुसार विवाह समारोहमा सहभागी हुन जाने पाहुनाहरूलाई यो जानकारी सार्वजनिक नगर्न पनि सल्लाह दिइएको छ ।
विवाह बिहीबार भए पनि सम्पूर्ण समारोह डिसेम्बर ७ मा कन्सर्टबाट सुरु भएको थियो। ८ डिसेम्बरमा मेहंदी लगाइएको थियो, जसका लागि विश्व प्रसिद्ध सोजतको मेहन्दी ल्याइएको थियो।
प्रतिक्रिया
-
४
