अमेरिका – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज क्यान्सस च्याप्टर अमेरिकाकाे प्रथम वार्षिक साधारण सभा आईतबार क्यान्सस सिटीमा सम्पन्न भएकाे छ ।

क्यान्सस च्याप्टरकी अध्यक्ष कमला न्याैपानेकाे अध्यक्षतामा सम्पन्न भएकाे उक्त कार्यक्रममा क्यान्सस सिटी नेपाली साेसाइटीका वर्तमान अध्यक्ष, दिनश गुरुङ, पूर्व अध्यक्ष पराग गाैचन नेपाली भाषा पाटशालाकी शिक्षक सृजना उप्रेती, गायक तथा माेडल कर्णवीर गीतकार एवम् माेडल रिमा श्रेष्ठ, च्याप्टरका कार्यसमिति एवम् आजीवन सदस्य लगाएतकाे सहभागिता थियाे ।

स्वागत मन्तव्यसँगै च्याप्टरका वरिष्ठ उपाध्यक्ष सराेज गाैतमले अनेसास केन्द्रका अध्यक्ष प्रकाश पाैडेल ‘माइला’ काे लिखित शुभकामना मन्तव्य पढेर सुनाउनु भएकाे थियाे । शुभकामना मन्तव्यमा उहाँले अनेसासको मूल मर्म र भावना अनुरुप अझै उल्लेख्य कार्य गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका लागि मात्र होइन, सम्पूर्ण डायस्पोरिक साहित्यिक अभियानका लागि महत्वपूर्ण काम गरोस् भन्ने शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

कार्यक्रममा रचना वाचन, च्याप्टरकाे भाैतिक एवं अार्थिक प्रगति प्रतिवेदन प्रस्तुत तथा नेपाली भाषा साहित्यमा कलम चलाउने स्थानीय स्रष्टाहरु गीतकार एवं माेडल रिमा श्रेष्ठ, गायक एवं माेडल कर्णवीर, कवि लक्ष्मण रसाइली, नेपाली च्याप्टरकाे लाेगाे डिजाइनर इलैना गुरुङ लगाएतलाई सम्मान गरिएकाे थियाे ।

मन्तव्यकाे क्रममा नेपाली भाषा पाठशालाकी शिक्षक सृजना उप्रेतीले नेपाली भाषा, साहित्य र संस्कृति दाेस्राे पुस्तामा हस्तान्तरण गर्नु हाम्राे दायित्व रहेकाे बताउनु भएकाे थियाे, त्यस्तै क्यान्सस सिटी नेपाली साेसाइटी अध्यक्ष दिनेश गुरुङ एवम् पूर्व अध्यक्ष दिनेश गुरुङले हामी नेपाली जहाँ रहे पनि नेपाल र नेपाली भाषा,साहित्य र संस्कति जाेगाउन एकजुट भएर लाग्नु पर्नेमा जाेड दिनु भएकाे थियाे ।

कवि लक्ष्मण रसाइली, कवि उज्वल तुलाचन, डा. केशव भट्टराई, कवि राजेन ,राई, कवि तृष्णा भट्टचन, गजलकार पुर्ण विश्वा, कर्णवीर र कवि कमला न्याैपाने लगाएतका स्रष्टाहरुले आ-आफ्ना रचना वाचन गर्नु भएकाे उक्त कार्यक्रम च्याप्टरकी सचिव कल्पना तामाङले सञ्चालन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर