रामेछाप – कवि नवीन गाउँलेको कविता संग्रह मैनबत्तीको आगो शनिबार विमोचन भएको छ । रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापा मगरले कविता संग्रहको विमोचन गनुभएको हो ।

मैनबत्तीको आगो कविता संग्रह विमोचन गर्दै नगर प्रमुख थापा मगरले नगरपालिकाले कला,साहित्यमा रुचि भएकाहरुलाई केहि सहयोग चाहिएमा सहयोग गर्ने बताउनुभयो ।

कविता संग्रह मैनबत्तीको आगो विमोचन कार्यक्रममा रामेछापका स्रष्टाहरु डा. सुमन कर्मचार्य, पेशल आचार्य, धन योन्जन, लालबहादुर तामाङ लगायत पत्रकार तथा साहित्यप्रेमीहरूको उपस्थिती रहेको थियो ।

रामेछाप नगरपालिका, ७ घर भएका कवि गाउँलेकोे यो दोश्रो कृति हो । कवि गाउँलेको यस अघि फूलसँग हराउँदा नामक कविता सङ्ग्रह बजारमा आईसकेको छ ।

कवि गाउँले हल्लाको पछि नलागी निरन्तर कविता लेख्ने र कविताको वृद्धि विकासमा चिन्तन गरिरहने युवा कविको रुपमा चिनिन्छन् ।

उनका दुईसय भन्दा बढी फुटकर कविताहरु विभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा प्रकाशित भईसकेका छन् । कवि मगर ईरामेछाप डटकमका सहसम्पादक समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर