तनहुँकी साहित्यकार टुकादेवी पौडेल आचार्य ‘बार्दली’ लघुकथा संग्रह लिएर आएकी छिन् । तनहुँको दुलेगौँडास्थित पञ्चमुनीदेव माध्यामिक विद्यालयको आयोजनामा भएको कार्यक्रममा उक्त लघुकथाको विमोचन गरिएको हो । पुस्तकमा
५१ वटा लघुकथाहरु समेटिएका छन् ।

लघुकथा संग्रह विमोचन कार्यक्रममा बोल्दै नगरपालिकाका मेयर किसान गुरुङले बार्दली शब्दलाई आफुले नजिकबाट नियालेको हुनाले ‘बार्दली’ साहित्य पढ्न छुट्टै खुसि प्राप्त हुने बताए ।

यसै गरि लघुकथा संग्रह ‘बार्दली’को समिक्षक हरिप्रसाद भण्डारील कथानका, पात्र, परिवेश, भाषशैलि सबैको शसक्त प्रयोगले कृति उत्कृष्ट बनेको बताए । साथै पात्रहरुको संयोजनबाट समाजमा रहेको विकृति र विसंगतिप्रति व्याङ्गय गरेको हुदाँ बार्दली लघुकथाका साहित्यकार सफल रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोरखा पत्र दैनिकका पुर्व प्रधान सम्पादक तथा लघुकथा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ‘रोदन’, लघुकथा समाज नेपाल प्रदेश नम्वर १ की अध्यक्ष ममता मृदुल, शुक्ला साहित्य संगमका संरक्षक शेषमणी आचार्य , विद्यालयका प्रधानाध्यापक ध्रुकुमार मल्ल लगायत व्यक्तिहरुले बार्दली कृतिका स्रष्टा टुकादेवी पौडेल आचार्यलाई शुभकामना दिएका थिए । साथै विमोचन कार्यक्रमको संञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण भण्डारी गरेका थिए । संग्रहका कथाभित्र समेटिएका बिषयबस्तु फरक र लेखनशैली आकर्षक रहेको बक्ताहरुको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर