काठमाण्डौ – साहित्यकार भुवनहरि सिग्देलको नयाँ उपन्यास ‘मनस्विनी’ सर्वजनिक भएको छ । प्रकाशक पेज टर्रनरले शनिबार काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित एक समारोहबीच उपन्यासकार सिग्देल तथा समालोचकद्वय डा. अर्चना थापा र महेश पौड्यलले उक्त कृतिको लोकार्पण गरेका हुन् । कृतिमा पुरुष आकृतिको क्लीब पात्र गोविन्द र नारी पात्र मनस्विनीको बेमेल विवाहलाई मूल विषय बनाइएको छ ।
उपन्यासमाथि आफ्नो धारणा राख्दै समालोचक डा. अर्चना थापाले फरक लैङ्गिकताको अति आवश्यक बहसलाई बल दिएको भन्दै उपन्यासको प्रशंसा गरिन् । उनले पुरुषप्रधान समाजको मूल्यविधानले निर्माण गरेका मूल्यमान्यताका कारण अन्यायमा पर्दै गएका फरक लैङ्गिक स्वभाव भएका मानिसहरूको हक हितको सरोकारलाई यस्ता उपन्यासले बल दिने बताइन् । समालोचक पौड्यलले महिला तथा फरक लैङ्गिक क्षमता भएका व्यक्तिहरूमाथि विभेद र अन्याय गर्ने समाजनिर्मित मान्यताहरूलाई एउटा अभियान नै बनाएर विनिर्माण गर्नुपर्ने बताए । यस अर्थमा सिग्देलको उपन्यास ‘मनस्विनी’ ले एउटा सार्थक बहसको थालनी गरेको तर्क उनको तर्क थियो ।
उपन्यासकार सिग्देलले, आफूले यस प्रकारका फरक लैङ्गिक स्वभावका मान्छे देखेभेटेको, र बेमेल विवहका कारण तिनको जीवनमा आइपरेको असहजतालाई मध्यनजर गर्दै यो उपसन्यासको रचना गरेको बताए । उनले भने, सहज वैवाहिक सम्बन्धमा स्वाभाविक र प्रकृतिक मानिने यौन र प्रजननजन्य आचरण पनि असहज वैवाहिक सम्बन्धमा पीडाका कारक हुन्छन् । त्यसतर्फ समाजको ध्यान आकर्षण गर्नु यस उपन्यासको मूल ध्येय हो ।
कृतिलाई पेज टर्नरले बजारमा ल्याएको हो । पुस्तकको मूल्य ४९० रहेको छ ।
प्रतिक्रिया
-
४
