द. कोरिया सउल – कोरियामा छायांकन भएको तीजको कोसेली गीत देब्रे आँखा झिम्क्यायो डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक भएको छ । कोरियामा कार्यरत कलाकारहरुको समुहको सकृयतामा उक्त तीज गीत कोरियामा छायांकन भएको हो । कोरियामा भिडियो छायांकन गर्नु निकै चुनौतीका रुपमा लिने गरिए पनि कलाकारहरुले हिम्मत गरी भिडियो छायांकन गरेको बताएका छन् ।
देब्रे आँखा झिम्क्यायो गीतमा प्रकाश पराजुली र सुनिता बुढा क्षेत्रीको आवाज रहेको छ । दिवस तिवारीको शब्द रहेको गितमा जीवन भण्डारीले संगीत भरेका हुन । गीतमा माया प्रितीका बिषयलाई प्राथमिकतामा राखेर प्रस्तुत गरिएको छ । प्रस्तुत गितको भिडियोमा स्वनिप बिक्रम शाही, सरिता भुषाल, अर्जुन बराल, सम्झना लगाएतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोमा प्रबिन पराजुलीको छायांकन तथा निर्देशन, सरिता भुषालको नृत्य र सुजन कोइरालाको सम्पादन रहेको छ । भिडियोका प्रस्तुतकर्ता दिवस तिवारी र यसोदा सोमै शाही हुन ।
यसअघि पनि आफनै प्रस्तुतीमा बिभिन्न गीत बजारमा ल्याएका मोडल स्वनिप विक्रम शाहीले निकै कठिनाईका बिच भिडियो तयार गरिएको हामीसंग बताए । कामबाट समय मिलाउनु पर्ने, सबैलाई एउटै समय मिलाउनु पर्ने त्यस्तै छायांकन स्थल लगाएतका समस्याका बिच पनी भिडियो तयार गर्न सकिएको शाहीको भनाई छ । गाएक प्रकाश पराजुलीका अनुसार गीतले माया प्रितीका बिषयलाई नजिकबाट प्रस्तुत गरेको बताए । गितले दर्शक स्रोताबाट राम्रो प्रतिकृया पाएको बताउदै पराजुलीले कोरिया जस्तो बिदेशी मुलुकमा भिडियो सुटिंग गर्नु चानचुने बिषय नभएको बताए । प्रस्तुत गितको भिडियो प्रकाश पराजुली युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
भिडियोः
प्रतिक्रिया
-
४