जनमत वाङ्मय प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएका विभिन्न सम्मानहरू यस वर्ष विभिन्न साहित्यकारहरुलाई प्रदान गरिने भएको छ ।
यसवर्ष २०७७ सालको दीपा–जनमत सम्मान भगवती अर्याल पाण्डे (नवलपुर) लाई, गणेश खिलकुमारी दुवाल – जनमत सम्मान श्रीओम श्रेष्ठ ‘रोदन’ (ललितपुर) लाई, हृदयचन्द्र–जनमत वरिष्ठ साधक सम्मान रामकुमार पाँडे(ललितपुर) लाई, जनमत–जनक प्रधान सेवा सम्मान – सुरेश कसजू (सिन्धुपाल्चोक)लाई प्रदान गरिनेछ । त्यसैगरी केवलपुरे – जनमत सम्मान सुमित्रा सुमी (रसुवा) लाई, जनमत – महेन्द्रलाल कलाकार सम्मान विक्रम श्री (इटहरी) लाई, कमला सैंजू – जनमत सम्मानडा. गीता त्रिपाठी (काभ्रे) लाई, जनमत – राजभाई सहयात्री सम्मान दिलसुन्दर श्रेष्ठ (काभ्रे)लाई, भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान – सीता राई थुलुङ (खोटाङ) लाई प्रदानगरिनेछ । जनमत–केदार सुदर्शनाबालसाहित्य सम्मान – अनन्त प्रसाद वाग्ले (काभ्रे)लाई, जनमत–सिचिधर्म संस्कृति सम्मान – शिला पन्त (काठमाडौं) लाई, जनमत–मित्र अनुवाद राष्ट्रिय सम्मान – कृष्ण प्रकाश श्रेष्ठ (काठमाडौं–मरणोपरान्त) लाई तथा जनमत–दीपक वैद्य स्वास्थ्य सम्मान – डा. रविन्द्र समीर पाण्डे (गुल्मी)लाई प्रदानगरिने भएको छ ।
जनमत प्रकाशनको ३८औं वार्षिकोत्सवकाअवसरमाआगामी २०७८ चैत्र २६ गते बनेपामा आयोजना हुने कार्यक्रममा यी सम्मानहरू प्रदान गरिने छन् ।
प्रतिक्रिया
-
४