सप्तरङ्गी साहित्य समाज लुम्बिनी प्रदेशको आयोजनामा दोस्रो लुम्बिनी गजल महफिल हुने भएको छ । समाजले कपिलवस्तुको वाणगंगा नगरपालिका – ४ जितपुरमा ‘गजल महफिल–२०७९’को आयोजना गर्ने भएको हो ।

चर्चित गजलकारहरूको उपस्थिति रहने सो महफिल आज शनिबार पिस हिमालय रिसोर्ट वाणगंगा–४ जितपुर कपिलवस्तुमा हुनेछ ।

कार्यक्रममा चर्चित गजलकार ‘बोइ’ गजल सङ्ग्रहका लेखक बसन्त वलि (बसन्ती), गजलकार शुसिला श्रेष्ठ, कपिलवस्तुका गजलकार प्रकाश पाठक, लालिमाया थापा मगर र तिलक भट्टराई ‘अन्जान’ लगायतका चर्चित गजलकारहरूको सहभागीता रहने बताइएको छ ।

आयोजक संस्थाका सचिव प्रभात न्यौपानेका अनुसार कार्यक्रममा कुनै पनि टिकटको व्यवस्था नगरिएको र कुनै शुल्क लाग्ने छैन । उनले महफिलमा साहित्यप्रेमी सबैलाई उपस्थितिका लागि समेत आग्रह गरेका छन् ।

सप्तरङ्गी साहित्य समाज नेपाल लुम्बिनी प्रदेशले यस अघि २०७८ मा आफ्नो शाखा उद्घाटन गर्दै पहिलो गजल महफिल बुटवलमा सम्पन्न गरेको‌ थियो।

संस्थाले लुम्बिनी प्रदेशका सबै जिल्लामा कार्यक्रम सञ्चालन गर्दै आइरहेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर