इन्डो नेपाल मुवाँथाई प्रतियोगितामा स्वर्ण जित्ने नेपाली खेलाडी को हुन् ?

– नवराज पराजुली (पुरूष ७५ केजीमा भारतका अनिल कुमारलाई पराजित गरेका) ला लिगा, २०२२ को च्याम्पियन हुन सफल क्लब कुन हो ?

– रियल म्याड्रिड

छाइल उपन्यासका लेखक तथा साहित्यकार को हुन् ?

–  लोकराज भट्ट

आरबीबी एनभीए राष्ट्रिय भलिबल प्रतियोगिता महिला–पुरूष दुवै स्वर्ण जित्ने क्लब कुन हो ?

–  त्रिभुवन आर्मी क्लब

रूपिका उपन्यासका लेखक को हुन् ?

–  केशव घिमिरे

नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान, २०७८ कसले पाउनु भयो ?

– गायिका नुपुर बनर्जी भट्टाचार्य

त्रिगुणातीत तन्त्र साधना रत्न सम्मानबाट सम्मानित हुने व्यक्ति को हुन् ?

– तन्त्रविद् महेश्वर जुजु राजोपाध्याय

तन्त्र विद्या शिरोमणि सम्मान कसलाई प्रदान गरियो ?

– प्राध्यापक विद्यानाथ उपाध्याय

वानीरा प्रज्ञा पुरस्कार कसलाई प्रदान गरियो ?

– कालिप्रसाद रिजाल

वानीरा पुरस्कार कसलाई प्रदान गरियो ?

– उषा शेरचन

वानीरा कला पुरस्कार कसलाई प्रदान गरियो ?

– मूर्तिकार महेश तुलाधार

मिस नेवाः नेपाल, २०७९ बन्न सफल सुन्दरी को हुन् ?

– सलिना महर्जन

जसराज किराती प्रतिभा पुरस्कारद्वारा पुरस्कृत हुने स्रस्टा को हुन् ?

–  संगीतकार शान्तिराम राई र साहित्यकार डा. रजनी ढकाल

नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार, २०७७ बाट सम्मानित हुने पत्रकार को हुन् ?

– दिवाकर मैनाली

सङ्कलक : सन्तोष पौडेल

प्रतिक्रिया

सम्बन्धित खवर