काठमाडौँ – नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज आइतबार सार्वजनिक गरेको छ ।आज  बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेसँगै राष्ट्र बैंकले चालु आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको हो ।

मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले  मूल्य र शोधनान्तर स्थिरता कायम गर्ने मुख्य उद्देश्यका साथ चालु आर्थिक बर्षको जानकारी दिए । साथै, वित्तीय पहुँच अभिवृद्धि गर्न, वित्तीय स्थायित्व कायम गर्न एवम् सुरक्षित, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकास गर्न वित्तीय क्षेत्र, विदेशी विनिमय व्यवस्थापन र भुक्तानी प्रणालीसम्बन्धी नीतिहरु पनि मौद्रिक नीतिमा समावेश गरिएको उनको भनाई छ ।

मौद्रिक सार्वजनिक गर्दै उनले भने “आर्थिक वर्ष २०७९/८० को एघार महिनाको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक भैसकेको छ । बाह्य क्षेत्र तथा मूल्य स्थितिमा सुधार आएको छ भने सरकारी वित्त स्थिति दबाबमा परेको अवस्था छ । निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जाको वृद्धि सुस्त रहेको छ । आर्थिक गतिविधिमा केही शिथिलता आएकोले बैकिङ्ग प्रणालीको निष्क्रिय कर्जा अनुपात केही बढेको छ ।”

प्रस्तुत छ नेपाल राष्ट्र बैंकद्वारा चालू आर्थिक बर्ष २०८०/८१ को मौद्रिक नीतिकाे पूर्णपाठ

प्रतिक्रिया

सम्बन्धित खवर