
काठमाडौँ – आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस साताव्यापी रूपमा मनाइरहेको छ । विभागले ‘स्वेच्छिक सहभागितासहितको फराकिलो कराधार’ नारासहित कर दिवस मनाइरहेको हो । सोही क्रममा विभागले बुधबार सरकारलाई सबैभन्दा बढी कर तिर्ने व्यक्ति र कम्पनीको सूची सार्वजनिक गरेको छ ।
विभागकाअनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनी बनेको छ । शिवशक्ति उद्योगले निर्याततर्फ सबैभन्दा बढी कर तिरेको देखिएको छ भने सबैभन्दा बढी कर तिर्ने उद्योग राजेश मेटल क्राफ्ट उद्योग रहेको छ ।
कृषितर्फ सबैभन्दा बढी कर ओसिबी फूडले तिरेको छ । सहकारीतर्फ छिमेक लघुबित्त र बैङ्कहरूमध्ये नबिल बैङ्कले सर्वाधिक बढी कर तिेको छ ।
त्यसैगरी बीमातर्फ नेपाल पुनर्बीमाले सबैभन्दा धेरै कर तिरेको छ । स्वास्थ्यतर्फ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल र पर्यटनतर्फ मनकामना केबुलकारले सबैभन्दा धेरै कर विभागले जनाएको छ ।
वस्तु व्यापारतर्फ हंसराज हुलासचन्द, ऊर्जामूलक उद्योगतर्फ चिलिमे जलविद्युत लिमिटेडले सबैभन्दा बढी कर बुझाएको छ ।
व्यक्तिगततर्फ जावलाखेल ग्रुपका अध्यक्ष विजयकुमार साहले सबैभन्दा बढी आयकर तिरेका छन् भने रेमिट्यान्सतर्फ आइएमईले धेरै कर तिरेको छ । त्यस्तै, आन्तरिक करदातातर्फ सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने कम्पनी बनेको छ ।
सो अवसरमा सरकारले आर्थिक वर्ष २०७७/७८ मा आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत गरेर सबैभन्दा बढी कर तिरेका कम्पनी र व्यक्तिहरूलाई सम्मान पनि गरेको छ ।
प्रतिक्रिया
-
४
-
१०