काठमाडौँ / नेपालमा विदेशी मुद्रा सञ्चिति घटेको खबर आउन थालेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्न थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ, जुन ६ देखि ७ महिनाका लागि अत्यावश्यक वस्तु आयात गर्न पर्याप्त छ ।

नेपालको पछिल्लो मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सकिने उल्लेख गरेको छ । अहिले नेपाल सरकारले आफ्नो भल्टबाट विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अवलम्बन गरिरहेको छ ।

तर, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाई गर्नुपर्ने सुझाव केही विज्ञले दिएका छन् ।

अर्कोतर्फ नेपालले अन्य मुलुकबाट सामान किन्न डलरमा तिर्नु पर्ने भएकाले आयात खर्च बढेकाले अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो । नेपालको जीडीपीमा यसको योगदान २२ प्रतिशत छ।

केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार कोभिड महामारीका बावजुद गत वर्ष रेमिट्यान्स आप्रवाह राम्रो थियो। नेपालको लागि विदेशी मुद्राको अर्को प्रमुख स्रोत भनेको पर्यटन हो ।

नेपाल जाने विदेशीहरूले डलर वा अन्य विदेशी मुद्रा खर्च गर्छन्। तर कोभिड महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएसँगै विदेशी मुद्रा सञ्चितिमा पनि असर परेको छ ।

नेपालले अन्य देशबाट सामान किन्दा डलरमा तिर्नुपर्छ । यसकारण वर्तमान सरकारले विलासिताका सामानको आयातमा कडाइ गर्ने नीति अपनाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर