काठमाडौँ – रेजेडआर स्कुटरको माइलेजबारे ग्राहकलाई जानकारी गराउने उदेश्यले एमएडब्लु इन्टरप्राइजेजले नियमित रूपमा माइलेज प्रतियोगिता आयोजना गर्दै आएको सर्व विदितै छ ।
मंसिरमा, यामाहा नेपालले आयोजना गरेको रेजेडआर १२५ एफआइ माइलेज च्यालेन्जमा उज्वला घिमिरे, प्रतिलिटर लिटर ६१।४२ किलोमिटरका साथ पहिलो बिजेता बनिन् ।
फेरी, उच्चतम फ्यूल इफिसिएंसीका लागि रेजेडआर १२५ एफआई स्कुटरको र्याली बुधवार, पौष २१ गते आयोजना गरिएको थियो ।
महाराजगंजदेखि बुढानीलकण्ठ हुँदै झोर, बौडेश्वर ईको रिसोर्टसम्मको र्याली यामाहा शोरुम महाराजगंजबाट सुरु भएको हो ।
सबै रेजेडआर १२५ एफआइ चालकहरूलाई यामाहा शोरूम, महाराजगंजमा बिहान ९ बजे र्याली सुरु गर्न बिहान ८ बजे आइपुग्न भनिएको थियो ।
यस पटकको र्यालीको बिजेता प्रति लिटर ७५।८९ किलोमिटरका साथ विज्ञान अधिकारी बने। त्यसैगरी, प्रति लिटर ७४ केमीका साथ भिम बहादुर आले दोस्रो स्थान हासिल गर्न सफल भएका छन् । र संजिता महर्जन प्रति लिटर ७३।५ केमीका साथ तेस्रो भएकी छिन् ।
यामाहाको रेजेडआर १२५ एफआई विशेष गरी फ्यूल इफिसिएंसीलाई प्राथमिकतामा राखेर बनाइएको स्कुटर हो । बजारमा प्रतिलिटर ५८ किलोमिटरसम्म उच्चतम माइलेज प्रदान गर्ने एक मात्र स्कुटर हो ।
नयाँ रेजेडआर १२५ एफआईलाई बएस सिक्स् अनुरूप, एयर(कूल्ड, फ्युल(इन्जेक्टेड ९ँष्०, १२५ सीसी ब्लू कोर इन्जिनका साथ माइलेजमा थप सुधार र शक्तिशाली बनाइएको छ ।
नेपालका अटोमोबाइल कम्पनीहरूले आफ्नो बाइक वा स्कुटरको माइलेज लिखित रूपमा मात्र दाबी गर्छन् ।
तर यामाहाका लागि एमएडब्लु इन्टरप्राइजले त्यो प्रवृत्तिलाई परिवर्तन गरेको छ। हामी विश्वास गर्छौँ कि यो माइलेज प्रतियोगितासँगै ग्राहकहरू रेजेडआर १२५ एफआईको टप माइलेजबारे अझ परिचित हुनेछन् ।
हामीलाई आशा छ यो यस प्रतियोगिताले यस स्कुटरलाई बजारमा पहिचान बनाउन थप मद्दत गर्नेछ। एमएडब्लु इन्टरप्राइजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भने ।
यामाहा नेपालले आगामी दिनमा पनि आफ्ना ग्राहकहरूमा विश्वास बनाइराख्न ग्राहकहरू स्वयम्लाई संलग्न गरी यस किसिमका र्याली निरन्तरता दिइरहनेछ ।
प्रतिक्रिया
-
४