रामेछाप – पर्यटन सहकारी संस्था व्यवसायिक सहकारी संस्था लिमिटेड, रामेछापले आफ्नो स्थापनाको ११ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । गत शनिबार संस्थाले खाँडादेवी गाउँपालिका कार्यालय परिसरमा एक कार्यक्रमको आयोजना गरी बार्षिकोत्सव मनाएको हो ।

नेकपा एमालेका केन्द्रिय सदस्य कमल चौँलागाईँको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम तामाङ, बुद्धिजीवी, विभिन्न क्षेत्रका विज्ञ संघ संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

खाँडादेवी गाउँपालिकाको खुल्ला मञ्चमा भएको सो कार्यक्रममा कलाकारहरूले सांगितिक प्रस्तुतिसमेत रहेको थियो भने हजारौँ सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको बताइएको छ ।

२०६७ साउन १० गते ३१ जनाबाट स्थापना भएको संस्थाको हाल ३३०० सदस्य रहेका छन् । सहकारीका अध्यक्ष नरहरि बुढाथोकीका अनुसार हाल सम्म संस्थाले रु. ३९ करोड कारोबार गरेको छ भने रु. १७ लाख खुद नाफा कमाएको छ ।

एकता, सहकार्य, निरन्तर र धैर्यता ( सामाजिक, सांस्कृतिक रूपान्तरण तथा आर्थिक समृद्धिमा हाम्रो अग्रसरता भन्ने मूल नारा बोकेको पर्यटन सहकारी रामेछाप जिल्लाकै नमुना सहकारी बन्दै गएको समाजसेवी तथा व्यवसायी कल्याणरत्न कार्कीले बताए ।

किसानदेखि कर्मचारी सबैको मन जित्न सफल पर्यटन सहकारी संस्था आर्थिक रूपान्तरणमा साझा चौतारीको रूपमा स्थापित हुँदै गएको राजनीतिज्ञ तेजबहादुर बोहोराले सेतोमाटोलाई बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर