काठमाडौँ / विश्वमा सबैभन्दा छिटो अघि बढीरहेको स्मार्टफोन ब्रान्ड, रियलमीले बुधबार औपचारिक रूपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ । कम्पनीले ८/१२८ जिबी स्टोरेज क्षमता भएको यसको सुरुवाती मूल्य ५४ हजार १९९ रुपैयाँ रहेको जनाएको छ ।

लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने प्रयोगकर्ताहरुको लागि बनाइएको हो ।

जसमा प्राविधिक नवीनताका साथै सुन्दर डिजाइन देख्न सकिने कम्पनीको दावी छ । शुरुका ग्राहकहरूले तोकिएको भन्दा रु.३००० कम मूल्य ५१ हजार १९९ रुपैयाँमा सो मोवाइल खरिद गर्न पाउने कम्पनीले जानकारी दिएको छ ।

रियलमी जिटी नियो २ लाई क्वालकम स्नापड्रागन ८७०फाइजीको मोबाइल प्लाटफर्मले पावर गरेको छ । यसको लम्बाइ १६२.९ एमएम, चौडाइ ७७५.६ एमएम र उचाइ ८.६ एमएम रहेको छ ।

क्वालकम स्नापड्रागनले प्रयोगकर्तालाई सन्तुलित प्रदर्शनसँगै स्थिरताको अनुभव प्रदान गर्दछ । थर्मल जेलले यस फोनलाई शितल राख्दछ । रियलमीको इतिहासमै पहिलो पटक रियलमी जिटी नियो २ मा ८ तहका तीन आयामको तापक्रम नियन्त्रण गनर्,े ४१२९एमएम२ क्षेत्रफलमा बाफलाई चिस्याउने खिया नलाग्ने स्टिलको संरचना रहेको छ ।

चिस्यान क्षमतालाई विचार गर्दा यसले मूलधारको गेमहरू खेल्न निकै सहयोग गर्नेछ । एप्लिकेसनहरू र गेमहरू छिटो लोड हुन्छ । ५००० एमएएच् ब्याट्रीले फोनको बनावटलार्ई समर्थन गर्दछ जसले गर्दा बिना दबाब ब्याट्रीको लाइफ लम्बाइदिन्छ । यसको ब्याट्रीले ६५वाट सुपरडार्ट चार्जिङ लाई सपोर्ट गर्ने हुनाले मात्र ३६ मिनेटमा फोन चार्ज हुन्छ ।

एक पटकको चार्जमा प्रयोगकर्ताले ३३ घण्टा टकटाइम, ८८ घण्टा संगीत, ८ घण्टा गेम र २५ घण्टा भिडियोको मज्जा लिन सक्नेछन् । यसमा रहेको ट्रिपल क्यामेराले स्पष्ट फोटोहरू खिच्ने बताइएको छ । रियलमीको को स्मार्टफोनमा इफोर डिस्प्ले रहेको छ जसले अचम्मित पार्ने उत्कृष्ट डिस्प्ले प्रदान गर्दछ । यसैगरी ५०००००ः१ कन्ट्रयास्ट रेसियोले अधिकतम १३०० नीट सम्मको ब्राइटनेस दिन्छ ।

नियो जिटी को डिजाइन रियलमी जिटी लाइनअप कै महत्वपूर्ण हाइलाइट हो । यसको नियो ग्रीन रङ्ग प्रविधि र शक्तिको बेजोड संगम हो । नेपालका प्रयोगकर्ताहरुलाई अचम्मित पार्न सक्ने नवीन प्रविधि र सुन्दर डिजाइन रियलमी जिटी नियो २ मा पाउन सकिने छ ।

रियलमी जीटी नियो २ कार्तिक २५ देखि दराज अनलाइनमा उपलब्ध हुने कम्पनीले जनाएको छ । इच्छुक ग्राहकले उक्त स्मार्टफोनमा ५१ हजार १९९ रुपैयाँको शुरुवाती मूल्यमा अग्रीम बुकिङ्ग गर्न र दराजको ११.११ का सुविधाहरू प्राप्त गर्न सकिनेछ ।

यस सुविधा अन्तर्गत कार्तिक २८ देखि भाउचर तथा बैँकिङ्ग छुटमा वितरण शुरु हुनेछ तथा अफलाइन ग्राहकले कार्तिक २७ देखि अग्रीम बुकिङ्ग गर्न सक्नेछन् । रियलमी नियो जिटी २ नियो ब्लाक र नियो ग्रीन गरी २ रङ्गमा उपलब्ध हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर