✍️ सुरेश पाण्डेय
हामीले बोल्न हुँदैन
यो नेपाल हो
नेपालमा सरकारले जे चाहाँन्छ
त्यो गर्ने उसको अधिकार छ अरे
तेसको बिरुद्धमा
हामीले बोल्न हुँदैन
यो नेपाल हो।
लाखौ करोडौ पैसामा बिक्छन्
देशको अखण्डता देशको स्वाभिमान
र नेपाल हाम्रो गौरवमय देश
सम्झौता गर्छन
हामीले बोल्न हुँदैन
यो नेपाल हो
इतिहासमा विर सम्झिन्थ्यो
यो विर हरूको मुलुक हो भन्थ्यो
सिमाना भित्र पाइला टेक्न डराउँथ्यो
अहिले खुलेआम नेपाली भूभागमा
बाटो बनेको छ
सिमानाका जंगे पिल्लर
राता रातौ भत्किन्छन्
चु बोल्दैन हाम्रो सरकार
हामीले बोल्न हुँदैन
यो नेपाल हो
भ्रष्टाचार हुन्छ
बलात्कार हुन्छ
हत्या हिंसा हुन्छ
हामीले बोल्न हुँदैन
यो नेपाल हो
राती सुतेका कलिला चेलीको
इज्जत लुटिन्छ
सत्यलाई लुकाइन्छ
निर्दोष लाई फसाइन्छ
हामीले बोल्न हुँदैन
यो नेपाल हो
प्रतिक्रिया
-
४
