✍️ जितेन्द्र रसिक

गजल – एक
चुराको झङ्कार बजाऊ म आउँछु
तिम्रो त्यो दिलमा सजाऊ म आउँछु

जुनेली रातमा वर–पीपल साथमा
घुम्टो खोल्दै थोरै लजाऊ म आउँछु

छम् छम् पाउजुको मधुर धुन उराल्दै
इशारामा गीत गाऊ म आउँछु

ओठमा लालीे जूनको, लिपेर मोहनी
पिरतीको घर बसाऊ म आउँछु

माथ खान्छ अब त्यो कालो रातले
झम्के साँझलाई फकाऊ म आउँछु

गजल – दुई

मलाई पिलाऊ न पिलाऊ जवानीको रस पिलाऊ
नजरमा नजर मिलाऊ जवानीको रस पिलाऊ

चञ्चल चञ्चल छ मन हलचल हलचल छ तन
मेरो हजुर नजिक आऊ जवानीको रस पिलाऊ

बैंशको यो रापले तिर्खाएकी छु म भोकाएकी छु
बादल बनी शीत वर्षाऊ जवानीको रस पिलाऊ

वसन्तमा पनि यहाँ मरुभूमि भै बाँचिरहेछु म
खहरे भएर नबिलाऊ जवानीको रस पिलाऊ

प्रतिक्रिया

सम्बन्धित खवर