✍️ दिपक बुड्थापा (बिचित्र मायाँ)

मुक्तक – १

आफ्नै ठानेको थेँ अलग निस्कियो
छोड्ने बिचारले नै लगभग निस्कियो
नजिक भएर पनि एकाएक दिलकको मान्छे
स्वार्थी बनेर व्यापक रूपमा ठक निस्कियो

मुक्तक – २

सुख शैलीमा बितेको छ रित कसरी भनु
ताकि सजिलै भइरहेको छ हित कसरी भनु
समाजमा बुहारी कुटपिटका घटना देख्दादेख्दै
पराई घरमा दिदि हुनुहुन्छ सुरक्षित कसरी भनु

मुक्तक -३

माया गरे झैँ गर्थिन खुब आस राखेको थिएँ
मनको टुक्रामा उनीई खास राखेको थिएँ
आज यो दिलसँग खेलि रहर पुगेपछि पराई भइन्
मैले त पुरै जिन्दगी बिताउने विश्वास राखेको थिएँ

मुक्तक – ४

फैलाएर विकृति सनसनी टिकटक बनाउँछन
हुन पाइन्छ कि भाइरल भनी टिकटक बनाउँछन्
हुने नहुने सबका सब बनाईसके यी मान्छेहरु
नाङ्गिएरै सौचालय भित्र पनि टिकटक बनाउँछन्

मुक्तक – ५

देखाइरहने असली तरीका कसैको नपरोस्
शङ्काले कुरा गर्ने थरिथरिका कसैको नपरोस्
यता माया गर्छु भन्दै मन अन्त कतै डुलाईरहने
मेरो जस्तो यो घटिया प्रेमीका कसैको नपरोस्

प्रतिक्रिया

सम्बन्धित खवर