✍️ विनिता केसी

गजल – १

जे नि गर्ने त एक बारमा जिन्दगानी छ भनेर
दुनियाँले सहन्न हजुरको खराब बानी छ भनेर

हो समय तैले दलको जवानी त आफैं लैजा
यी मान्छे त जे नि गर्न थाले जवानी छ भनेर

मलाई यत्ति सारो नि लोभी नबन भन्छन् कोही
तेलले बालुवालाई भिजाइन्न आम्दानी छ भनेर

खरानीको मुल्य धेरै बढेको छ भन्न नपाई
हारालुछ गर्न चिहानमा नै पुगे खरानी छ भनेर

तिमी खोज अनुसन्धानमा तगडा रहेछौ प्रिय
यस्ता लगायौ मेरा आँखामा पनि पानी छ भनेर

गजल – २

मान्छेले इमान्दारी भएर बाँच्नुको सार देखेन
आफू नारद बन्दा घरमै चलेको काटमार देखेन

मैले बैशाखी टेक्ने बितिकै साथ छोडिदियो उस्ले
सायद रित्तो नदीलाई साथ दिने किनार देखेन

आमा र देश छोरोले पढ्दा खुसी लागेको थियो
तर देश र बालिकामा आमाको अनुहार देखेन

समाजले नमेटिने दाग लगाउने छोरीलाई मात्रै हो
अझै छोरालाई नि सिकाउनु पर्ने संस्कार देखेन

 

प्रतिक्रिया

सम्बन्धित खवर