– केबी मलाशी
गजल १,
घाउ दिएर मुटु भरी हात समाउँछौ
फेरी के? नाटक गरी हात समाउँछौ
भन के ? पुगेन र फेरी फर्की आयौ
किन मेरो नजीक सरी हात समाउँछौ
मैले जस्तो माया आखिर उस्ले गरेनर
आज रुँदैछौ धर -धरी हात समाउँछौ
मेरो जीवन सँग खेलेर पुगेन तिमिलाई
कुरा गर्दैछौ नाना थरी हात समाउँछौ
मेरो जीवन सक्काउने तिम्रै हात हो
धकेली मलाई भू-मरी हात समाउँछौ
गगल २,
ती यादहरू भुलाउन धेरै समय लाग्यो
आँखामा निद्रा आउन धेरै समय लाग्यो
मन्मा बसेको मान्छे थियौ छाेडेर गयौ
मलाई आँशु लुकाउन धेरै समय लाग्याे
मेरो ज्यान भन्दा पनि प्यारो थियौ तिमी
त्यसैले मनलाई सम्झाउन धेरै समय लाग्यो
आफ्नै पैतला मुनिकाे जमिन भाँसिएको
देखेँ तरपनि थाहा पाउन धेरै समय लाग्यो
रक्तपिपासु ती दानव रूपी आफन्त मेरा
दुश्मनहरु बाट बचाउन धेरै समय लाग्यो
***
प्रतिक्रिया
-
४
