– अशेष मल्ल

निर्वाचनपछि सदाका लागि
पुस्तकभित्रै कैद
र पुन
अर्काे चुनावका संघारमा
बग्रेल्ती अक्षरहरु
झण्डा बाेकेर आउने
शब्दजालकाे पुलिन्दा हाे
घाेषणाा पत्र

घाेषणापत्र भनेकै
अक्षरहरूका जादुगरी वयान
हर चुनाव पछि कैदखानामा
बन्द हुन सिर्जिएका
अघाेषित बकपत्र

घाेषणा पत्र भनेकै
पल्टाएर पढ्न
फुर्सद नपाएर
ढुसी परेका
अक्षरहरूकाे एउटा
बेनामी बहिखाता

सपनाहरुकाे अनाम थैली
बदनाम गीतहरुका
व्यर्थका अलाप
आकाशका तारा
खस्ला कि खस्ला कि
सँधैकाे मीठाे भ्रम
र कहिल्यै बाली नलाग्ने
कागजकाे खेती

घाेषणापत्र भनेकै
नदी किनारमा
केटाकेटीले बनाएकाे
वालुवाकाे घर
क्षणभरकाे रहर ।

चुनाउकाे माैसम छ यतिखेर
राजनीतिकाे खेतीमा
घाेषणा पत्रका वालाहरु
लहलह झुलिरहेछन् ।

***

प्रतिक्रिया

सम्बन्धित खवर