– पूर्णिमा प्रतिविम्ब

व्यक्तिगत स्वार्थ भन्दामाथि
पार्टीगत झन्डा भन्दामाथि
चन्द्र र सुर्य फर्फराईरहेको
एउटा विशाल र नझुक्ने
रातो झन्डा
त्यस्तैको छातामा
त्यसैको छायाँमा
त्यसैको मायामा
आज आशावादी छन् एक भोटका मालिकहरू।

त्यही छाताको छहारीमा
प्रतिक्षारत छन्
देशप्रेमी, न्यायप्रेमी , अग्रगामी ,आशावादी
र मतदानी जनताहरू
लोकतन्त्रको जितका लागि
र व्यवस्थित राज्य प्रणालीको लागि ।

धेरै भयो
उनीहरूले सपना देखेको

एउटा साझा देश,
समान समृद्धिको दौड,
समावेशी हासो,
आफ्नै सानो घर,
देशमै रोजगार

अन्त्य होस कुनै पनि युद्ध
बनोस देश समृद्ध
एउटा भोटको सट्टामा
उनिहरुको कुनै ठुलो माग छैन ।

***

प्रतिक्रिया

सम्बन्धित खवर