– निमा छिरिङ भोटिया

हिजोआज चतुरमान निकै सहयोग पुराउनुमा अघि देखिन्छ। गाउँ घरमा अथवा वरपर कतै कसैलाई केही दुःख भयो भने ऊ साँझ बिहानी नभनी साथ सहयोग दिन पुगी हाल्छ। उसको बिचारमा यस्तो परिवर्तन देखेर सबैजना छक्क पारिरहेको छन्। यस्तो अघि कहिले नदेखिएको चतुरमान हिजोआज यति सहयोगी बनेको देखेर सबै खुसी पनि छन्। यस्तैमा बीरेलाई भने__”ए काली आमा, हाम्रो गाउँको चतुरमान त हिजोआज निकै समाजसेवी हुँदै सबैलाई सहयोग गरिरहेको छ त __!”

आफ्नो बुढा बीरेको यो कुरा सुनेर काली आमा भन्छिन् ___”हन हजुरलाई थाहा छैन ___?”

“के कुरा ___?”भन्दै बीरे प्रश्न गर्छ।

“लु कस्तो थाहा नपाएको हजुरले।अब केही समयपछि यहाँ भोट बजार लाग्दैछ।यसो अहिलेबाट साथ सहयोग दिँदै गाउँ घरमा अनुहार देखाएको छ भने भोलिपर्सि त भोट बजारमा आफू नेता बन्न सजिलो हुन्छ भन्ने हेतुले यो मौकाको फाइदा लिई रहेको छ।के हजुरलाई थाहा भएन __? भन्दै काली आमा आन्द्रा भुँडी सुनाउँछे।

आफ्नो स्वास्नीबाट सबै कुरा सुनेपछि बीरे छक्क पर्दै भन्छ ___”नाम अनुसारको मान्छे चै पक्कै बाठो रहेछ।कति साह्रो मौकाको फाइदा उठाउनु पनि जानेको ।हो रहेछ यो नेताहरू भन्ने सायद सबै सबै यस्तै नै त हुन्छ होला नि ___?”

***

प्रतिक्रिया

सम्बन्धित खवर